निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजावादी आन्दोलनमा कमल थापाको इन्ट्रीपछी भाँडभैलो, पूर्वराजाको नाम नै गुम्ने खतरा

राजावादी आन्दोलनमा कमल थापाको इन्ट्रीपछी भाँडभैलो, पूर्वराजाको नाम नै गुम्ने खतरा

480
SHARES

काठमाडौं : राजसंस्थाको पुनःस्थापना गर्ने उद्घोष सहित सुरु भएको राजावादी आन्दोलन एक साता नपुग्दै दिशाहीनता, आन्तरिक विभाजन र नेतृत्वहीनताबाट ग्रस्त भएको छ।

आन्दोलनकारीहरूको आन्तरिक किचलो र नेतृत्वबीचको अविश्वासका कारण बुधवार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममै झगडा, गालीगलौज भएको छ। आन्दोलनको आधार नै खुम्चिँदै गएको छ।

काठमाडौँमा आयोजित संयुक्त जनआन्दोलन समितिको बैठकमा आन्दोलनको दोस्रो चरण घोषणा गर्ने भनिएको थियो। तर बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा आफ्नै कार्यकर्ताले होहल्ला गर्दै प्रश्न उठाए।

“पद र अवसरका लागि गणतन्त्रवादीहरूसँग साँठगाँठ गरेको नेता कसरी राजसंस्थाको नेतृत्व गर्न सक्छ? ” एक आक्रोशित कार्यकर्ताको भनाइ थियो।

थापा आफ्नै समर्थकबाट अविश्वासको सामनामा परेपछि रिसले चुर भए। माइक फ्याँकेर भने, “जे मन लाग्छ, त्यही गर्नुहोस्।”

पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई शाही शासनकालमा राजाका नजिकका नेताको रूपमा चिनिए पनि पछिल्लो राजनीतिक समिकरणमा उनको दोहोरो भूमिकालाई लिएर आलोचना हुँदै आएको छ।

राजसंस्था पुनःस्थापनाको नाममा आन्दोलनमा उत्रिएकाहरूले पूर्वराजा ज्ञानेन्द्रको मौनतालाई समर्थनको सङ्केत भन्दै आएका छन्। तर, पूर्वराजाको सार्वजनिक अभिव्यक्तिको अभाव शङ्काको विषय बनेको छ।

राजेन्द्र लिङदेनको अनुपस्थितिमा आन्दोलन अगाडि बढ्न सकेको छैन। न आन्दोलनको साझा रणनीति बन्यो, नै नयाँ कार्यक्रम। संयोजक नवराज सुवेदीले केही दिनमै दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताए पनि बैठकमा सहभागी ४४ दल, समूह र अभियानबीच तालमेलको अभाव स्पष्ट देखियो।

राजसंस्था पुनःस्थापनाको नाममा गरिएको आन्दोलन अहिले नेतृत्वविहीन, रणनीतिविहीन र अनुशासनविहीन अवस्थामा पुगेको छ। हिंसात्मक प्रदर्शन, कार्यकर्ता–नेता बीचको अविश्वास, विभाजित शक्ति र पूर्वराजाको मौनता मिलेर आन्दोलनलाई अविश्वसनीय बनाउँदै लगेका छन्। जनताको समर्थन त टाढाको कुरा भयो, अब आफ्नै समर्थकले समेत नेताहरूप्रति प्रश्न उठाउन थालेका छन्।

यदि पूर्वराजाको नाममा आन्दोलन गर्ने हो भने, उनले स्पष्ट रूपमा अगाडि आउनुपर्ने बेला यही हो। नत्र आन्दोलनले पूर्वराजाको नाम नै गुमाउने खतरा बढेको छ।

राजतन्त्र पुनर्स्थापनाका लागि गत चैत १५ गते तीनकुनेमा विध्वंस मच्चाउने गरी भएको प्रदर्शनमा पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला अदालतमा बयान जारी छ।

समाचार शेयर गर्नुहोस्
480
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.