निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजा फर्काउने आन्दोलनका ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

राजा फर्काउने आन्दोलनका ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

335
SHARES

काठमाडौं — गणतन्त्र स्थापना भएको दुई दशक पुग्न लाग्दा पुनः राजसंस्थाको पुनर्बहाली माग गर्दै गरिएको आन्दोलनका क्रममा पक्राउ परेका ७ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार प्रमुख अभियुक्त दुर्गा प्रसाईँसहित ७ जनालाई बिहीबार राति जेल चलान गरिएको हो।

न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले थुनछेक बहस सम्पन्न भएपछि रातको समयमा आदेश जारी गर्दै प्रसाईँको क्यान्सर उपचारको प्रबन्धसहित थुनामा राख्न निर्देशन दिएको हो।

उनीसँगै ‘राजावादी’ पहिचान बनाएका सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई पनि थुनामा पठाइएको छ।

अदालतले आन्दोलनमा संलग्न अन्य ३२ जना अभियुक्तलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। उनीहरूसँग अदालतले १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी माग गरेको छ। तीमध्ये सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) र विष्णुजंग बस्नेत (विष्णु बस्नेत)सँग १ लाख रुपैयाँ धरौटी तोकिएको छ।

तर, आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भनिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबरा र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबारे भने अदालतको आदेशले कुनै टिप्पणी गरेको छैन।

यसअघि अदालतले उनीहरूलाई बयानका लागि बोलाए पनि अनुपस्थित रहेपछि धरौटीमा छाड्न जिम्मा लिएका दुई जना वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

गत चैत १५ गते प्रसाईँको नेतृत्वमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त झडपमा परी एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। त्यस्तै निजी घर, सरकारी सवारीसाधन र जडीबुटी अनुसन्धान केन्द्रमा आगजनी गरिएको थियो भने भाटभटेनी सुपरमार्केटमा लुटपाटसमेत भएको थियो।

समाचार शेयर गर्नुहोस्
335
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.