नेपाल मानव धर्म सेवा समितिद्वारा देशभर भव्य रूपमा राष्ट्रिय धान दिवस सम्पन्न

नेपाल मानव धर्म सेवा समितिद्वारा देशभर भव्य रूपमा राष्ट्रिय धान दिवस सम्पन्न

374
SHARES

काठमाडौं—“धान बालीमा सघनता” भन्ने नारालाई साकार बनाउने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समितिले २२ औँ राष्ट्रिय धान दिवस देशभरका विभिन्न क्षेत्रीय शाखा तथा आश्रमहरूमा भव्य रूपमा सम्पन्न गरेको छ।

कृषिप्रति सम्मान र सामूहिक एकताको भावना विकास गर्ने उद्देश्यले समितिले झापा, सर्लाही, मकवानपुर, गण्डकी, बाँके, महेन्द्रनगर लगायतका क्षेत्रमा दही–चिउरा खाएर, विभिन्न सङ्घसंस्थालाई वितरण गरेर र धान रोपेर राष्ट्रिय धान दिवस मनाएको जनाएको छ।

विश्वमा खाद्य सङ्कटको सङ्केत देखा परिरहेको सन्दर्भमा नेपालमा खाद्य अभाव नहोस् भन्ने सन्देश दिन यसरी धान दिवस मनाउने गरिएको समितिको भनाइ छ।

समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीका अनुसार, अन्नको राजा मानिने धानको संरक्षणमा राज्य लागिरहे पनि सचेत नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। उनले भनिन्, “कृषि नेपालीको पहिचान हो तर पछिल्लो पुस्ताले यो पहिचान बिर्सँदै गएका छन्। त्यसैले प्रयोगात्मक तरिकाले धान रोप्न सिकाउने उद्देश्यले धान दिवस आवश्यक छ।”

उनका अनुसार, “दही–चिउरा खाने र धान रोप्ने संस्कृति हराउँदै गएको छ। सहरमा बस्नेहरूले खेती–बारी भुल्दै गएका छन्। बालबालिकालाई आफ्नो माटो र संस्कृतिसँग जोड्न धान दिवस उत्सवका रूपमा मनाउनु जरुरी छ।” वर्षमा एक दिन माटोमा छिर्नाले माटोप्रतिको माया र प्रेम प्रगाढ हुने पनि उनको विश्वास छ।

समितिले झापाको धुलाबारीमा आयोजना गरेको विशेष कार्यक्रममा भारतको दार्जिलिङ, सिलिगुरी, सिक्किम र आसामबाट पनि प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विभिन्न सङ्घसंस्था तथा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा लोकगीत, नाचगान, र रोपाइँ संस्कृति झल्काउने विशेष सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई कृषक जीवन र खेतीप्रति प्रयोगात्मक चिनारी दिइएको र आपसी सद्भावको सन्देश प्रवाह गरिएको समितिले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
374
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.