"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समुदायको गास, केहीको राज! (भिडियो)

समुदायको गास, केहीको राज! (भिडियो)

2.1k
SHARES

काठमाडौं – “यो पारालिंगी कसको सहमतिमा ल्याइएको हो? कति जनाले छलफल गरेर ल्याएको हो? एउटै जनाले आफ्ना लागि हाइलाइट हुन पारालिंगी भनेर हुन्छ? हामी त स्वीकार्नेवाला छैनौँ। पुरुषको नागरिकता लिने, प्याड राख्ने, पाठेघर नहुनेले महिलाको नागरिकता लिने? त्यो हाम्रो लिस्टमा पर्दैन। ’अन्य’ को अप्सन छ, त्यही राख्नुपर्छ,“

यो पीडायुक्त आक्रोश हो, नेपालमा तेस्रोलिंगी पहिचानमा नागरिकता लिने दिलु बुदुजा(बद्री पुन)को। सुनिल बाबु पन्तविरुद्ध नेपाल सरकार रहेको मुद्दामा सर्वोच्च अदालतले ६ पुस २०६४ मा दिएको निर्देशनात्मक आदेश अनुसार पुनले तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका थिए।

“ब्लु डायमन्डले केटाकेटीको माग गर्छ भने केटाकेटीकै कार्यक्रम ल्याएर काम गरे भइहाल्छ नि। नागरिकता लिइसकेकाहरूले ’अन्य’ मा जान मानेनन् भने, हाम्रो समुदायको नाममा आउने डोनरको पैसा, स्यालरी खाएर किन बस्ने? महिलाको तर्फ जाऊ, पुरुषको तर्फ जाऊ, ओगटेर जागिर खान पाइँदैन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको भेलामा बद्री पुनले भने,यस्ता मान्छे देखाएर समुदायको बिचल्ली पारेका छन्।“

अमेरिकी सहयोग नियोग (युएसएआडी)को सहयोग बन्द भइसक्दा पनि ब्लु डायमन्डमा लाखभन्दा बढी तलब खाने मान्छे छन्। तर समुदायका बेरोजगार सदस्यलाई आफ्नो तलबबाट काटेर दिने सोच कसैमा छैन। यो त सामुदायिक संस्था हो, ५–७ जनाको प्राइभेट कम्पनी होइन।

“संस्थाहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि आउने फन्डिङ कहाँ प्राथमिकता दिनु भन्नेबारे कसैले छलफल गर्दैन। पैसा नहुँदा सुकुटीबिचमा गएर ’मेन्टल हेल्थ’को नाममा रमाइलो गरेर फर्किने? त्यो हो त?

सेम सेक्स म्यारिजको लागि भनेर पैसा आएको छ। तर त्यो विवाह गर्ने जोडीले सहयोग पाउँदैनन्। अनि फोटो देखाएर,’हामी नगरकोट, धुलिखेल गएका थियौँ’ भन्ने?“

प्राथमिकता के मा दिने हो, त्यो छलफल गर्ने हो। अब छलफल गरौँ भनेर पन्तले ब्लु डायमन्ड सोसाइटीलाई पत्र पठाइसकेको बताए।

“हामी मुद्दा हाल्न चाहन्छौँ तर वकिललाई दिने पैसा छैन, ट्रान्सपोर्टेसन छैन। भेट्नु जरुरी छ, कानुन संशोधन गर्न। २१ वटा कानुन के–के छन् भनेर दुई जना वकिल राखेर २ महिना काम गर्नुपर्छ। त्यसमा खर्च नगर्ने? आफ्नै हल छ, पुरानो लाजिम्पाटको चन्दा हल छ, धुम्बाराहीमा पनि हल छ। होटलमै गर्नुपर्ने? बाहिरबाट कन्सल्टेन्ट ल्याउनु पर्ने?“

“अब चित्त बुझ्दैन। पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको भेलामा चित्त दुखेका कुरा बोले। हामी आफैँ एलजीबीटीआईका विषयमा लेख्न सक्छौँ, बुझ्न सक्छौँ। तर, रिपोर्ट लेख्न कन्सल्टेन्ट, प्रपोजल लेख्न कन्सल्टेन्ट, तालिम दिन पनि कन्सल्टेन्ट? अनि हाम्रो के प्रयोग भयो यत्रो काम गरेको?“

“हामीले यत्रो वर्ष काम गर्‍यौँ, तर के भयो? घुमफिर र कार्यक्रम मात्रै भयो। समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगीसम्म पुग्ने कार्यक्रम भएन। पन्तको गुनासो जायज रहेको बताए समुदायका सदस्यहरूले।

“‘सम्मान गृह’ भनेर थुप्रै ठाउँमा चलाइएको सूचना पाएका छौँ। मेटीले आफ्नो बुढा राख्ने, स्टाफ पनि आफ्नै समुदायको ‘आइडी युजर’, मेन्टल हेल्थको ज्ञान छैन। बाहिरबाट ‘टा’ हरू ल्याएर राख्ने। (मेटी र टा समलिङ्गी, तेस्रोलिंगी व्यक्तिहरूले प्रयोग गर्ने शब्द) ‘गे’ हरूले नखुलेकाहरूलाई राख्ने। रमाइलो गर्ने ठाउँ होइन सम्मान गृह।“

पन्तका अनुसार “जो अप्ठेरोमा परेका छन्, सङ्कटमा छन्, तिनलाई राख्नुपर्ने। बाहिरबाट आएका एचआइभी सङ्क्रमितहरूलाई राख्न, खुवाउन भनेर ब्लु डायमन्डले प्रोजेक्ट ल्याएको हो। तर व्यवहारमा समस्या छ। कम्प्लेन आउन थालेको छ।“

“पन्त जता जान्छन्, समुदाय त्यतै पुग्छ। मन लागे अफिस जानु, नलागे नजानु? त्यो अफिस हैन त? अफिस भनेको अफिस जस्तै चलाउनु पर्छ। रमाइलो घरमा गर्ने, बाहिर गर्ने।

“यी सबै कुरा लेखेर दुई हप्ता अघि पन्तले ब्लु डायमन्ड सोसाइटीलाई इमेल गरे। लैङ्गिक पहिचानलाई लिएर कता जाने? मिल्छ भने मिलेर जाऊँ, मिल्दैन भने दुई धार बनाऔँ भने। तर एक–अर्कालाई ब्लेम (आरोप) गर्न बन्द गरौँ। मलाई ट्रान्सफोबिक भनेर दुनियाँभर लेख्ने काम बन्द गरौँ। तर, उनीहरू चुप छन्। न भेट्छन्, न जवाफ दिन्छन्। टारिरहेका छन्।“

“तर हामी चुप लागेर बस्दैनौँ। सम्पूर्ण समुदायको नाममा आएको संस्था ५–७ जनाको हालीमुहालीमा चल्न सक्दैन। उनीहरूले न जवाफ दिन्छन्, न केही काम गर्छन्। हामी टुलुटुलु हेर्ने त होइन।“ समुदायलेको भेलाले खबरदारी गर्‍यो।

“हाम्रो माग ठुलो छैन। बन्द भएको अफिस खोल भनिएको हो। टौदहको जग्गाको सल्लाह गर भनिएको हो। कुनै न कुनै निर्णयमा पुग्नुपर्ने हो। ब्लु डायमन्डले मिटिङ बोलाएर छलफल गर्नुपर्छ।“

“संस्थाको संरचना, साधारणसभा, कार्यसमिति पारदर्शी हुनुपर्छ। नयाँ मान्छे ल्याउनु पर्छ। दलहरूमा बूढा भए पनि कहिले छोड्दैनन् भन्ने, आफैँ भने वर्षौँ बसिरहने प्रवृत्ति हामीले चाहेका होइनौ। डोनरहरूलाई भड्काउने काम पनि उचित होइन। अहिलेको अध्यक्ष ल्याप्चे लगाउने, अर्कैले चलाउने? त्यस्तो अध्यक्षबाट ब्लु डायमन्ड चल्दैन।“

चञ्चलाले भनिन्,“आफ्ना मान्छे मात्रै राख्ने, खुलेर आएका हामीलाई नदेख्ने? सबै केटाहरू मात्र राखिएको छ। मिडियामा खुलेका छैनन्। तलबचाहिँ लाखौँ खान्छन्। साधारणसभा बोलाउने समय भइसकेको छ। आर्थिक मसान्त आइसक्यो। अब साधारणसभा गरेर देशभरिका एलजीबीटीआईहरूलाई फर्म भराउने, बोर्डको नयाँ निर्वाचन गर्ने, नयाँ कार्यसमिति बनाउने, कानुनी संशोधनको मुभमेन्ट चलाउने योजनामा जानुपर्छ।“

“नुमा लिम्बु चञ्चला अहिले काठमाडौँमै छिन्। लिड नेपाल छाडेर आएकी हुन उनी। तर उनलाई त्यो ह्याण्डओभर गर भनिरहेका छन्। मेरो कुनै स्वामित्व नहोस् भने। हामी सबै ब्लु डायमन्डमै बसौँ। मलाई पनि अध्यक्ष बनाउनुहोस् भने हुन्छ। माया गुरु पनि बन्न सक्नुहुन्छ। जो भए पनि अध्यक्ष बन्न सक्छन्। सल्लाह गरेर बसौँ। हामीसँग त सुनिल दाइ पनि हुनुहुन्छ, जसले एलजीबीटीआईको लागि भनेर ब्लु डायमन्ड खोल्नु भएको हो। हाम्रो पल्ला भारी छ। त्यसैले, अब हामी अघि बढ्छौँ,“ चञ्चलाले स्पष्ट पारिन्,“अहिलेका टिन–एजलाई हाम्रो योगदान थाहा छैन। हामी रत्नपार्क, दरबारमार्गमा पुलिसको कुटाइ खाएर आएको पुस्ता हौँ।“

“हामीले बनाएको संस्था किन केही मान्छेले कब्जा गरे?“

धुम्बाराहीमा ब्लु डायमन्ड सोसाइटीको भवन बनाउँदा त्यहाँ काम गर्ने करिब ३०० जना कर्मचारीको १० प्रतिशत तलब कट्टा गरिएको थियो। समावेशी मञ्चका अध्यक्ष बद्री पुन त्यसबेला आफू पनि सोसाइटीमा काम गरिरहेको स्मरण गर्दै भन्छन्, “राज्यकोषबाट पनि पैसा परेको थियो। तलब कट्दा हामीले के भनेर सिग्नेचर गरेका थियौँ भने,आपत् विपद्मा परेका समुदायका मान्छे बसुन् भनेर। त्यो ध्रुवसत्य हो।“

तर अहिले, पुनका अनुसार, आपत् विपद्मा परेकाहरू होइन, २–३ लाख तलब खानेहरूकै हालीमुहाली छ। “कार्यशैली नै बिग्रिएको छ,“ उनी भन्छन्।

उनी जब बर्खास्त भए, त्यति बेला सोसाइटीको धुम्बाराही भवन बन्दै थियो। पछि अदालतले पुनर्बहालीको आदेश दियो। त्यसपछि उनी एक महिना भवनमै बसे। त्यसैबीच उनले बुझ्न थाले, प्रपोजल लेखेर जे–जति बजेट पास हुन्छ, त्यो ’सेभ’ गरेर आफ्ना ग्रुप बनाएर बाँकी पैसा मिलेर खान्थे।

“हामीलाई त सुनिल सरले दिउँसो–राति पनि घोटाएका थिए। त्यो बेला टाइमटेबल नै थिएन। कहिल्यै पेटभरि खान पाइँदैनथ्यो,“ पुन सम्झन्छन्।

अहिले सोसाइटीमा बिहान ९ बजे आउनुपर्ने कर्मचारीहरू २ बजे हिँड्छन्। कतिपय ११ बजे मात्रै हाजिर गर्छन्। “३ लाख तलब लिने कर्मचारी ११ बजे हाजिर गर्न आउँछ। कस्तो स्तर भयो?“ पुनले प्रश्न गरे।

उनी भन्छन्, “प्रोजेक्टअनुसारको ग्रुप–ग्रुप बनाएर खाने चलन छ अहिले। ठुला–ठुला होटलमा गएर मस्ती गर्ने। हामी त कहिले राति हिँडेको, कहिले बिहान फर्किएको, त्यो स्मरण अझै ताजै छ।“

पुनको गुनासो यहाँसम्म मात्र छैन। “संस्थापक पन्तले कहिलेकाहीँ अर्को ठाउँमा कार्यक्रम छ भनेर गास नै कटाएका छन्। डेक्चीमा भात हालेर ख्वाएका दिन बिर्सेका छैनन्। तर अहिले? फाइबस्टार होटल पुगेका छन्।“

उनले ब्लु डायमन्डमा आफ्नो बर्खास्तीको विषय पनि सुनाए, “रातो गाजल कलरको गाडी थियो, हामी रातदिन योगदान दिन्थ्यौँ। ओभरटाइमबिना काम गथ्र्यौं। हामी डरले ट्रान्सपोर्टेसनको पैसा पनि खान सक्दैनथ्यौ। तर बर्खास्त चाहिँ कुकुरभन्दा पनि नराम्रो गरियो।“

अदालतमा १० वर्ष मुद्दा लडेका पुनले ७३ लाख रुपैयाँ पाउने फैसला भयो। “बारम्बार अनुरोध गरेपछि मात्र ३० लाख लिएँ। बाँकी त छोडिदिएँ। ३ लाख ३० हजार त मैले एलबीटी समुदायमा नै खर्च गरेँ। तर म जस्तो योगदान गर्ने मान्छेलाई कुनै कुनामा स्पेससम्म छैन,“ उनी भन्छन्।

तेस्रोलिंगी पहिचानमा नागरिकता लिएर अमेरिका पुगेका विष्णु अधिकारीको कुरा निकाल्दै उनले भने, “महिलाको बनाएर अमेरिका गएका छन्। अहिले फोन गर्‍यो भने, ’मलाई केही कमी छैन’ भन्छन्। तर हामी यहाँ जिन्दगीभर समुदायकै लागि काम गर्दै छौँ, हाम्रो मन त चुँडिन्छ नि!“

पुनले समुदायको नाममा किनेको रातो गाडीप्रति पनि आक्रोश देखाए, “केयर एन्ड सपोर्टको माइक्रो कहाँबाट आयो थाहा छैन। तर त्यो पैसा समुदायकै हो। ३ महिना नचलिए इन्जिन सिज हुन्छ, त्यसपछि कामै नलाग्ने हुन्छ।“

“कोही खुच्चिङ खायो भन्लान्, तर म जस्ता दुख गर्ने मान्छेले भने सत्य बोलेको हो। नयाँ मान्छेलाई चाहिँ एकादेशको कथा लाग्ला। तर अहिलेको अफिस केही मान्छेले कब्जा गरेका छन्। उनीहरूलाई समुदायको पाप लाग्छ,“ पुन भन्छन्।

उनले समुदायकी सदस्य नेप्टीको नाम लिँदै थपे, “उहाँको आँसु संसारभरि बेचेर, फिँजाएर आएको पैसाले अरूको जागिर चलाउने? उहाँको केही व्यवस्था गर्नै पर्दैन? मानवीयता नै छैन, नैतिकता चाहिँदैन?“

पुनले ब्लु डायमन्डमा देखिएको विकृति पनि बताए, “हामीले इनक्लुसिभ फोरम खोल्यौ। त्यसको प्रतिशोधमा अरू संस्थाहरू खोलियो। रात्रि सम्बन्ध राख्ने ठाउँ बनाइयो। मेटी बहिनीहरूसँग रात बिताउनेहरू (एभरसन गरेर फालेको सुनिएको छ) नक्कली हुन्। यस्तोलाई संस्थामा टेक्न पनि नदिनु, त्यो हो हाम्रो कुरा। यो एउटा विकृति हो।“

दातृ निकायहरूलाई पनि पुनले कटाक्ष गरे, “कानुन बनाउने ठुला इस्युहरू छन्। तर डुलेर खाने, जोडिएर खानेहरूलाई पैसा दिने! डोनरहरू पनि कस्ता हुन्! हाम्रो इस्यु बिगार्ने, मान्छे बिगार्ने! हामी एक ठाउँमा थियौँ।“

“अहिले पैसाको लोभले मान्छे नै भाँडिएको छ। पैसा पाउने ठाउँ पायो भने त्यतै दुगुर्छ। सिंहदरबार गएर लबी गरौँ भन्यो भने एउटा माखा पनि उठ्दैन। अनि पैसा कति छ भन्ने मात्रै कुरा,“ पुन भन्छन्।

“हामीले समावेशी मञ्च खोलेका छौँ। यो समुदायका मान्छे भेला पारेर पैसा दिने संस्था होइन। आफैँ गइगइ लबी गरेका छौँ। स्थानीय, प्रदेश, जनप्रतिनिधिहरूसँग कार्यक्रम गरिरहेका छौँ, अनगोइङ छ,“ उनले बताए।

महिलाको नागरिकता लिएका ट्रान्स महिलाहरूको विषय उठाउँदै पुनले भने, “भोलि प्रजनन स्वास्थ्य कार्यक्रम हुन्छ, त्यहाँ उभिन मिल्छ? कुनै महिलाले सवाल उठाउँछ। त्यसैले हामी ‘अन्य’ भन्छौँ भने ’अन्य’ मै हुनुपर्छ।“

“हामी आफैँ अनुशासनमा छैनौँ, भागाभागी छ। ट्रान्सजेन्डर र ट्रान्स वमनहरू सुतेर बसेका छन्। के हो यो विकृति? हामी स्विकार्दैनौँ। यो इस्यु खेलाँची गर्ने होइन। सबै सचेत हुनुपर्छ,“ पुनले चेतावनी दिए।

“पहिला आफू क्लियर हुनुपर्छ, अनि मात्रै अरूलाई बुझाउन सकिन्छ,“ उनले भने।

ब्लु डायमन्ड सोसाइटीको हालको नेतृत्व भने भागिरहेको छ। समुदायसँगको छलफलमा बसेको छैन। मिडियाको प्रश्नमा जवाफ विहीन बसेको छ। समुदायले आपत् विपद्मा सहयोग नपाएको, साधारणसभामा नबोलाएको, नेतृत्व चयन लोकतान्त्रिक नभएको भन्दै समुदायले जिल्ला प्रशासन कार्यालयलाई छानबिन गर्न आग्रह गरेको बताएका छन्।

सम्बन्धि समाचार :

संस्थापक अध्यक्ष बहिष्कृत, ब्लु डायमण्डको साधारणसभा विवादित

ब्लु डायमन्डको गैरकानुनी लिङ्ग परिवर्तन अभियानको भण्डाफोर, पहिचानमै खेलबाड नगर्न चेतावनी

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.