निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता पेन्डिङ, उमेरहद खारेज

पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता पेन्डिङ, उमेरहद खारेज

329
SHARES

काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पेन्डिङ अवस्थामा राख्ने निर्णय गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, भण्डारीको सदस्यता जहाँ जस्तो अवस्थामा छ, स्थगित अवस्थामा नै रहेको छ।

एमालेको विधानको धारा ८ अनुसार, स्वेच्छाले पार्टी सदस्यता त्याग गरेका व्यक्तिको सदस्यता स्वतः समाप्त हुने र पुनः प्राप्तिको प्रक्रिया विधानमै निर्दिष्ट गरिएको उनले बताए। तर यदि सङ्गठन विभागबाट कुनै त्रुटि भएको भए, त्यो सच्याउन सकिने गौतमले उल्लेख गरे।

उनले यो राजनीतिक विषय भएको उल्लेख गर्दै, पूर्वराष्ट्रपतिलाई कानुनी अड्चन खडा गरेर प्रवेश गर्न दिइएको छैन भन्ने अफवाह मात्रै भएको बताए। ‘यो विषय केवल व्यक्तिको मात्रै होइन, गणतन्त्रसँग जोडिएको बहस पनि हो,’उनले भने।

पार्टीको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको पोलिटब्युरो बैठकले उमेर हद र दुई कार्यकालको सीमालाई हटाउने निर्णय गरेको छ। ७० वर्षे उमेरहद तथा उही पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था अब खारेज गरिएको हो।

बैठकमा सत्ता समीकरण फेरबदलको प्रयासबारे पनि बहस भएको छ। कांग्रेस नेता शेखर कोइरालाको सक्रियतामा माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति भण्डारीबीच सत्ता समीकरण बनाउने प्रयासबारे बैठकमा चर्चा भएको स्रोतले जनाएको छ।

पार्टीभित्रको आन्तरिक असहमति र आलोचना स्वाभाविक भएको भन्दै, पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले आत्मालोचना पश्चात् धेरै नेताहरू पार्टीमा फर्किएको बताए।

एमालेको पोलिटब्युरो बैठकले विधान, सङ्गठन र नेतृत्व सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्दै सत्ता समीकरणबारे उठेका विषयहरूलाई ठुलो फोरममा लैजाने निष्कर्ष निकालेको छ।

समाचार शेयर गर्नुहोस्
329
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.