निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सांसद मण्डलले भने, सडकका तेस्रोलिंगी सक्कली कि नक्कली?

सांसद मण्डलले भने, सडकका तेस्रोलिंगी सक्कली कि नक्कली?

867
SHARES

काठमाडौं — प्रतिनिधिसभाका सांसद योगेन्द्र मण्डलले राजधानीको बानेश्वर क्षेत्रमा देखिएका तेस्रोलिंगी व्यक्तिहरूबारे सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मण्डलले भने, “बानेश्वर चोकमा विगत केही समयदेखि, खासगरी दिउँसो २–३ बजेपछि, पुरुषजस्तो तर साडी लगाएका व्यक्तिहरू देखिन्छन्। सायद उहाँहरू आफूलाई तेस्रोलिंगीको रूपमा चिनाउँदै हुनुहुन्छ होला।”

उनीहरूले बाटोमा हिँड्ने सर्वसाधारणलाई डिस्टर्ब गर्ने, पैसा माग्नेजस्ता क्रियाकलाप गर्ने गरेको उल्लेख गर्दै उनले थपे, “अनुहार हेर्दा उनीहरू तराई मूलका जस्ता देखिन्छन्, तर म तराईको प्रतिनिधि भएको नाताले बिलकुल ती तराई मूलका नेपाली होइनन्।”

सांसद मण्डलले छिमेकी भारतमा अहिले विदेशी घुसपैठविरुद्ध कारबाही भइरहेको प्रसङ्ग जोड्दै शङ्का व्यक्त गरे, “यी व्यक्तिहरू नेपालमा आश्रय लिन थालेको त होइन? यस विषयमा सरकारले छानबिन गरोस्, सत्यतथ्य पत्ता लगाओस्।”

यसअघि पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट सडकमा हिँड्ने सर्वसाधारणलाई असहज बनाउने र पैसा माग्ने व्यवहार नगर्न पटक–पटक आग्रह गरिँदै आएको छ।

तेस्रोलिंगीको नाममा माग्न पठाउने नाइकेको खोजी, मागे प्रहरीको सहयोग

‘सबैका लागि सहयोगी नेपाल’ संस्थाकी अध्यक्ष सम्झना केसीले, “सडकमा माग्न जान पठाउने नाइकेको खोजी भइरहेको” बताएकी थिइन्। उनले स्पष्ट रूपमा भनेकी छिन्, “बधाई माग्न जानेहरू सबै सक्कली तेस्रोलिंगी होइनन्। नक्कली तेस्रोलिंगीलाई व्यापारिक कम्प्लेक्सहरूमा माग्न पठाएर हप्ता असुल्ने नाइकेको पहिचान गरेर कारबाही गरे मात्रै यस्तो समस्या समाधान हुन्छ।”

तेस्रोलिंगी पहिचानको दुरुपयोग गरी नक्कली व्यक्तिहरूले समाजमा विकृति फैलाउने प्रयास गरेको भन्दै, समुदायका केही सदस्यहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भेट गरी “विकृति र विसङ्गति अन्त्य गर्न“ आग्रह गरेका छन्।

यसै विषयमा सरोकारवालाहरूले सामाजिक सञ्जाल र मिडियामार्फत पनि सचेतना अभियान सञ्चालन गर्दै आएका छन्।

तेस्रोलिंगीहरुसँग जबरजस्ती महिनावारी असुल्ने अवैध धन्दा

समाचार शेयर गर्नुहोस्
867
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.