निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

श्रममन्त्री शरदसिंह बाहिरिँदै, शुक्ला भित्रिँदै

श्रममन्त्री शरदसिंह बाहिरिँदै, शुक्ला भित्रिँदै

अन्य मन्त्रीहरू बदल्न सकस

407
SHARES

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजे पनि त्यसमा सहजता देखिएको छैन। सत्तारुढ दल नेपाली कांग्रेसले मन्त्री फेर्ने सहमति नदिँदा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको प्रयासमा सकस भोगिरहेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सँग छलफल गरेका थिए। तर, मन्त्री परिवर्तनको विषयमा कांग्रेसले सहमति नजनाउँदा पुनर्गठन प्रक्रिया अगाडि बढ्न सकेको छैन।

प्रधानमन्त्री ओलीको सचिवालयले भने उक्त बैठकमा संसदमा विचाराधीन विधेयकहरू र कानुन संशोधनका विषयमा छलफल भएको जनाएको छ। यद्यपि, स्रोतका अनुसार बैठकको मूल एजेन्डा मन्त्री फेर्ने विषयमै केन्द्रित थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी भने मन्त्रालयबाट हटिने लगभग पक्का भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मन्त्री भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरी पत्र प्रधानमन्त्री ओलीलाई बुझाइसकेको जनाएको छ।

लोसपाले भण्डारीको सट्टामा सर्वेन्द्र नाथ शुक्लाको नाम सिफारिस गरिसकेको जनाएको छ। मन्त्री बन्ने चर्चा चलिरहेका शुक्लाले भने नाम बुझाइसकेको पुष्टि गरे पनि आफू मन्त्री बन्नेबारे खुलेर बोल्न मानेनन्।

जे बोल्यो, त्यसको ठ्याक्कै विपरीत हुने अभिव्यक्ति दिँदै आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने पत्रिकाले सरकारविरुद्ध लेख्ने विषय नपाएर मन्त्रिपरिषद् पुनर्गठनको समाचार लेखेको बताएका छन्।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए।

यद्यपि, मन्त्री गुरुङले सत्ता साझेदार दलहरू एमाले र कांग्रेसबीच अहिले नै अविश्वासको अवस्था पैदा नभएको दाबी गरे।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी नेकपा एमाले र सत्तारुढ नेपाली काँग्रेसका मन्त्री फेर्न छलफल भने जारी राखेका छन्। तर, कांग्रेस तयार नहुँदा मन्त्रिपरिषद् पुनर्गठनमा सकस परेको छ।

समाचार शेयर गर्नुहोस्
407
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.