निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बागमती प्रदेश मुख्यमन्त्रीविहीन

बागमती प्रदेश मुख्यमन्त्रीविहीन

212
SHARES

हेटौँडा — बागमती प्रदेश अहिले मुख्यमन्त्रीविहीन बनेको छ। नेपाली कांग्रेसका बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार नेतृत्वविहीन भएको हो।

लामाले एक वर्ष नौ दिनपछि मुख्यमन्त्री पद त्यागेका हुन्। नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण लामाले नेतृत्व छाड्नु परेको हो।

राजीनामा घोषणा गर्नुअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले संविधानअनुसार राजीनामा दिनुपर्ने कुनै बाध्यता नभएको तर पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा पदत्याग गरेको जनाए।

उनले आफूले इमानदारीपूर्वक काम गरेको दाबी गर्दै पार्टीभित्रको प्रपञ्चले सरकार छाड्नुपरेको आरोप लगाए। “यो घटनाक्रमले लोकतन्त्र र गणतन्त्र नै सङ्कटमा परेको सङ्केत गरेको छ,” लामा आरोप छ।

यद्यपि लामाको राजीनामा प्रदेश प्रमुखको हातमा औपचारिक रूपमा पुगेको छैन। प्रदेश प्रमुख दिपकप्रसाद सापकोटा अस्वस्थ रहेकाले कार्यालय बन्द रहेको र राजीनामा सोमबार मात्र कार्यालयमा पुग्ने सूचना अधिकारी प्रकाश चापागाईँले जानकारी दिए।

काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका प्रदेश प्रमुख सापकोटा आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी सोमबार हेटौँडा फर्किने कार्यक्रम छ।

प्रदेश प्रमुखले सोमबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने चापागाईँले बताए। हाल प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको दाबी पेस गर्न दलहरूलाई आह्वान गरिने सम्भावना छ।

मुख्यमन्त्री लामाको राजीनामापछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने छन्। हालै संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँलाई कांग्रेसले नेकपा एमालेलगायत दलहरूको समर्थनमा मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

समाचार शेयर गर्नुहोस्
212
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.