निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालका विशिष्ट महिला र क्लासिक गाडी एकै मञ्चमा

नेपालका विशिष्ट महिला र क्लासिक गाडी एकै मञ्चमा

308
SHARES

काठमाडौं – सांस्कृतिक सङ्ग्रहालय नेपाल र नेपाल ओलम्पिक म्युजियमको संयुक्त आयोजनामा “नेपालका विशिष्ट महिलाहरू” शीर्षकको फोटो प्रदर्शनी हुने भएको छ। यो प्रदर्शनी भाद्र २ गतेदेखि ५ गतेसम्म काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा आयोजना हुनेछ।

यस प्रदर्शनीमा नेपाली इतिहासदेखि वर्तमानसम्मका करिब ३ सय विशिष्ट महिलाहरूका ऐतिहासिक तथा दुर्लभ फोटोहरू प्रदर्शित गरिनेछन्। सो अवसरमा भिन्टेज र क्लासिक गाडीहरू समेत प्रदर्शन गरिने तयारी छ।

दर्शकहरूले नेपाली इतिहास, साहित्य, कला–संस्कृति, विज्ञान र व्यवस्थापनसम्मका ऐतिहासिक तथा रोमाञ्चक फोटोहरू हेर्ने अवसर पाउनेछन्। साथै, नेपाली समाज, राजनीति, कूटनीति र खेलकुदसम्मका अधिकांश प्रथम तथा रेकर्डधारी महिलाहरूको त्याग, समर्पण र योगदानलाई समेत प्रदर्शनीले उजागर गर्नेछ।

यसअघि २०७४ सालमा पहिलोपटक यस प्रकारको प्रदर्शनी गरिएको थियो। विगत दशकदेखि यस्ता प्रदर्शनी गर्दै आएको सङ्ग्रहालयले यसअघि बिपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायण गोपाल, माओवादी जनयुद्धका दुई दशकसम्बन्धी प्रदर्शनीसहित भिन्टेज तथा क्लासिक गाडी प्रदर्शनसमेत गरेको थियो।

गत असार १० गतेदेखि नै प्रदर्शनी गर्ने योजना भए पनि संस्थाका अध्यक्ष क्षितिज अरुण श्रेष्ठको अकस्मात् र असामयिक निधनका कारण स्थगित भएको थियो। त्यसअनुसार, तोकिएको मितिभन्दा करिब दुई महिना ढिला गरी अब प्रदर्शनी सुरु हुन लागेको हो।

प्रदर्शनी भाद्र २ गते दिउँसो ठिक १ बजे उद्घाटन गरिनेछ भने अन्य तीन दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपाली समाज, इतिहास र वर्तमानमा गर्व गर्न लायक विशिष्ट महिलाहरूको फोटो प्रदर्शनीमा तिनै महिलाहरू दर्शकका रूपमा उपस्थित हुनु स्मरणीय हुने आयोजकहरूको अपेक्षा छ।

यस प्रदर्शनी नासा फाउन्डेसन नेपालको सहकार्यमा हुने छ भने सेकुवा बाई किलो, हरिसिद्धि नेवा सुली, अननेके ब्युटी सलोन, फोटो किङ, जलपा वाटर्स, निम्बु पानी तथा एएस रेन्टल सर्भिस को सहयोग रहनेछ।

आयोजकका अनुसार, यो प्रदर्शनी आधुनिक नेपालमा महिलाको योगदान बुझ्ने एउटा महत्त्वपूर्ण अवसर पनि हुनेछ।

समाचार शेयर गर्नुहोस्
308
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.