निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

उद्धारमा संलग्न दुई युवा चोरीमा पक्राउ

उद्धारमा संलग्न दुई युवा चोरीमा पक्राउ

537
SHARES

झापा – झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा दुर्घटनामा परेका घाइतेको उद्धारमा संलग्न दुई युवा नै सुन चोरी गरेको अभियोगमा पक्राउ परेका छन्।

२०८२ साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बु स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएका थिए। उनलाई उद्धार गरेर एम्बुलेन्समार्फत अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भन्दै पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको थियो।

प्रहरी अनुसन्धानका क्रममा उद्धार कार्यमै संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र सोही ठाउँका २६ वर्षीय गोबिन हाङ लिम्बुले सुन चोरी गरेको खुलेको हो।

प्रहरीको खोजीमा उनीहरूसँग ३९ ग्राम २२ मिलिग्राम तौल भएको सुनको टुक्रा र नगद ३० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी कसुरमा अनुसन्धान अघि बढाइएको छ। झापा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
537
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.