निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रेडक्रस काठमाडौँ जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत

रेडक्रस काठमाडौँ जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत

1.1k
SHARES

काठमाडौं – नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा कार्यसमितिको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

नयाँ कार्यसमितिको सभापतिमा श्यामकाजी डोटेल निर्वाचित भएका छन्। डोटेल दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्।

उपसभापतिमा विष्णुमान मानन्धर र महिला उपसभापतिमा अञ्जना श्रेष्ठ मास्के चयन भए। मन्त्रीमा वृद्धिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी र उप–कोषाध्यक्षमा शर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भए।

यस्तै, महिला सदस्यमा मञ्जु अर्याल खतिवडा, लक्ष्मी कार्की खड्का र गोमा बराल चयन भए भने अमृत नारायण मानन्धर, राजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर प्रसाद भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती र ईश्वर लामा सदस्यका रूपमा निर्वाचित भएका छन्।

निर्वाचनमा सहभागी जिल्ला सभासद् र निर्वाचन अधिकृतलाई धन्यवाद तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

सो अवसरमा सभापति श्यामकाजी डोटेलले रेडक्रस केन्द्रबाट पत्र प्राप्त भए बित्तिकै निर्वाचन प्रक्रिया सुरु गरिएको जानकारी दिए। उनका अनुसार जिल्ला शाखा धरापमा पर्ने वा तदर्थ समिति गठन हुने अवस्था देखिएकाले समयमा नै निर्वाचन सम्पन्न गरिएको हो।

“सामाजिक काम गर्न आएको भएकाले पदभन्दा निर्वाचन सहज रूपमा सम्पन्न गर्नु नै महत्त्वपूर्ण हो,” डोटेलले भने। उनले सहमति र सहकार्यका आधारमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पछिल्लो कार्यसमिति ‘आक्षेप लगाउने रोग’ बाट मुक्त भएको बताए।

डोटेलले रेडक्रस काठमाडौं जिल्ला शाखाले बझाङमा विद्यालय भवन निर्माण गरी विद्यार्थीलाई कक्षाकोठामा पढ्न मिल्ने वातावरण बनाउन सफल भएको स्मरण गरे। “त्यहाँ सधैँ काठमाडौं जिल्ला रेडक्रसको नाम रहिरहनेछ,” उनले भने। साथै, एक ठाउँमा एकताबद्ध भएर अघि बढ्दा विदेशी दबाबबाट मुक्त रहन सकिने उनको भनाइ थियो।

सभापति डोटेलले मानवतावादी सेवामा निरन्तर उन्मुख हुन आग्रह गर्दै उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरे।

महिला उपसभापति अञ्जना श्रेष्ठ मास्केले सम्पूर्ण सदस्य र सहभागीप्रति आभार व्यक्त गर्दै सामाजिक कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.