निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुन्दरीजल बागमती खोलामा पौडी खेल्दा युवकको मृत्यु

सुन्दरीजल बागमती खोलामा पौडी खेल्दा युवकको मृत्यु

466
SHARES

काठमाडौं – काठमाडौँको सुन्दरीजलस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेका एक युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरी वृत्त बौद्धका अनुसार सङ्खुवासभा खाँदबारी नगरपालिका–११ घर भई हाल ललितपुर बस्ने १९/२० वर्षीय अभिषेक राई भदौ ७ गते साँझ करिब ५ बजेतिर सुन्दरीजल निकुञ्ज गेट नजिकै बागमती खोलामा पौडी खेल्ने क्रममा हराएका थिए।

घटनापछि प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायब निरीक्षक मोती कुमार श्रेष्ठको कमान्डमा टोली परिचालन गरिएको थियो। साथै, नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट से.ना.नि. किशोर अधिकारीको कमाण्डमा १३ जना र सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण सिनामंगलबाट प्र.स.नि.कृष्ण थापा मगरको कमाण्डमा १० जना सहितको टोली खटिएर खोजतलास कार्य गरिएको थियो।

खोजतलास कार्य भदौ ७ गते साँझ ७ बजेसम्म चलाए पनि राई भेटिएका थिएनन्।

पुनः भदौ ८ गते बिहान ८:१५ बजेदेखि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले खोजी थालेको थियो। खोजतलासका क्रममा बिहान ८:४० बजेतिर सुन्दरीजल निकुञ्ज गेट नजिकै बागमती खोलाको बोक्सी दह क्षेत्रमा ढुङ्गाको कापमा राईको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

घटनास्थलमा अस्थायी प्रहरी प्रभाग गोकर्णको टोली पुगेर मुचुल्का उठाएपछि शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्
466
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.