निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेताहरू एक-अर्कामाथि दोषारोपमा व्यस्त

नेताहरू एक-अर्कामाथि दोषारोपमा व्यस्त

1.4k
SHARES

काठमाडौं – राजनीतिक दलका नेताहरू यतिबेला देश दौडाहामा निस्किएका छन्। कार्तिक १७ मा हुने उपनिर्वाचनलाई ध्यान दिँदै जनताको मन जित्न आश्वासनको पोको बोकेर हिँडेका दलहरूमा अझै पनि पुरानै धङधङी कायमै रहेको छ।

देश बनाउने र विकास निर्माणका कुरा जनताले पत्याउन छाडेपछि नेताहरूले एकअर्काप्रति आरोप–प्रत्यारोप थोपर्न थालेका छन्। सत्ताको नेतृत्व गरिरहेको एमालेले ८४ मा एकल बहुमत ल्याउने दाबी गरिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भने ओली नेतृत्वको सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएको छ।

नेपाल उद्योग व्यापार महासङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दाबी गरे। उनले कांग्रेस–एमालेभित्रका इमानदार नेताहरूले सरकारमा बस्न नहुने समेत बताए।

नेकपा माओवादी केन्द्रले आजैबाट मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरेको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु भएर बर्खाको समयमा रोकिएको अभियान पुनः थालिएको हो।

प्रचण्डको आरोप सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कहिलेकाहीँ हामी को हौँ भन्ने नै बिर्सिने गरेको टिप्पणी गरे।

नेपाली कांग्रेस, काठमाडौं महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारमा जाने, मन्त्री बन्ने र चुनाव जित्नु मात्र राजनीतिकर्मीको काम नभएको बताए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधन तत्काल नहुने स्पष्ट पारे।

पूर्व उपराष्ट्रपति विद्या भण्डारीतर्फ इङ्गित गर्दै उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे।

समाचार शेयर गर्नुहोस्
1.4k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.