लुटपाटमा संलग्न २१ जना पक्राउ

लुटपाटमा संलग्न २१ जना पक्राउ

863
SHARES
तस्बिर : नेपाली सेना

काठमाडौं — नेपाली सेनाले रातको समयमा काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रबाट लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकामध्ये केहीलाई राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा भएको तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोप छ।

सेनाले देशमा विद्यमान सुरक्षा चुनौतीको अनुचित फाइदा उठाउँदै उच्छृङ्खल तत्त्वहरूले लुटपाट, आगजनी तथा जनधनको क्षति पुर्‍याउने गतिविधि थालेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

विध्वंसात्मक तथा अराजक गतिविधिहरू आफ्नो समुदायमा देखिएमा सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइवर मार्फत मेसेज पठाई तत्काल जानकारी दिन अनुरोध गरिएको छ।

अवाञ्छित गतिविधिहरूलाई सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको निरन्तर निगरानी राख्न, आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन सेनाले आग्रह गरेको छ।

केही समूहहरूले सामाजिक सञ्जालमा भ्रामक समाचार फैलाएर त्रासको वातावरण सिर्जना गर्न खोजेको भन्दै सेनाले नागरिकलाई भ्रममा नपरी केवल सही जानकारी मात्रै आदानप्रदान गर्न आग्रह गरेको छ।

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न अहोरात्र खटिरहेको ब्यहोरा समेत नेपाली सेनाले जानकारी जनाएको छ।

समाचार शेयर गर्नुहोस्
863
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.