डिल्लीबजार कारागारबाट कैदीबन्दीहरुको भाग्ने प्रयास असफल

डिल्लीबजार कारागारबाट कैदीबन्दीहरुको भाग्ने प्रयास असफल

1k
SHARES

काठमाडौं – काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट कैदीबन्दीहरुले भाग्ने प्रयास गरेका छन्। भाग्ने प्रयास गरेका कैन्दीबन्दीहरुलाई रोकेको नेपाली सेनाले जनाएको छ।

सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएका छन्। भाद्र २५ गतेको बिहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।

डिल्लीबजार-नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्‍चात छोडेर भागेको नेपाली रु.२,३२,५००।०० र अमेरिकी डलर २५००। बरामद गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।

समाचार शेयर गर्नुहोस्
1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.