झापामा हत्या र सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापामा हत्या र सवारी दुर्घटनामा दुई जनाको मृत्यु

849
SHARES

झापा – झापामा एक जनाको हत्या भएको छ। अर्का एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–७ गैरीगाउँस्थित आफ्नै घरको कोठामा ५० वर्षीय नारायण ज्ञवालीले ४० वर्षीय मो. फौमोदिनलाई धारिलो हतियार चक्कु प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फौमोदिनको चक्कु प्रहारबाट पेट, ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटिएको थियो। नारायण ज्ञवाली र उनकी श्रीमती सुजता ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ। शव पोस्टमार्टमको लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यस्तै झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।

इलामबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश–३–०२–००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा भद्रपुर नगरपालिका–६ भानुचोक बस्ने ५९ वर्षीय राम श्रेष्ठ गम्भीर घाइते भएका थिए।

उनलाई स्थानीयले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
849
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.