अमेरिकाले गर्‍यो राष्ट्रपतिको प्रशंसा, नेपाली सेनालाई सम्मान

अमेरिकाले गर्‍यो राष्ट्रपतिको प्रशंसा, नेपाली सेनालाई सम्मान

872
SHARES

काठमाडौं -अमेरिकाले नेपालमा गत हप्ताको दुखद घटनापछिको शान्तिपूर्ण समाधानको स्वागत गरेको छ। अन्तरिम सरकारले नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न अमेरिका तयार रहेको बताएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएकी छन्। जेनजी आन्दोलनको बलमा बनेको सरकारबारे आफ्ना धारणा सार्वजनिक गर्दै, नेपालस्थित अमेरिकी दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, “यद्यपि, यो दुखद समयमा हामी नेपालसँग शोकमा साथमै छौँ।”

अमेरिकाले सङ्क्रमणलाई सहज बनाउँदै, शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सम्मान गरेको छ।

“हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै, शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ,” अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
872
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.