निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपति कार्यालयमा चोरी, बुझाइदिन अनुरोध

राष्ट्रपति कार्यालयमा चोरी, बुझाइदिन अनुरोध

1k
SHARES

काठमाडौं – राष्ट्रपति कार्यालयले लुटपाट भएका सामाग्री भेटेमा बुझाई दिने सूचना निकालेको छ।

भदौ २४ गते भएको आगलागी र तोडफोडका क्रममा राष्ट्रपतिको कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भि.,कुर्सी लगायतका भौतिक सामग्रीहरू चोरी भएको राष्ट्रपति कार्यालयले सूचनामा लेखेको छ।

कसैले राष्ट्रपतिको कार्यालय जि.खा.पा.नं. उल्लेख भएका वा नभएका सामान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिन भनेको छ।

राष्ट्रपति कार्यालयले व्यक्तिको नाम नम्बर सहित कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा जानकारी दिन वा उपलब्ध गराइदिन अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्
1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.