संसद् विघटनको १० दिनमै नागरिकता विधेयक प्रमाणीकरण

संसद् विघटनको १० दिनमै नागरिकता विधेयक प्रमाणीकरण

888
SHARES

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकार गठन भएको १० दिनपछि विघटित संसद्को सिफारिसमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्।

जेनजी आन्दोलनपछिको सत्ता परिवर्तन, संसद् विघटन र अन्तरिम सरकार गठनको क्रममै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

नागरिकता विधेयक प्रमाणीकरणसँगै नागरिकता विहीन नेपालीलाई नागरिकता पाउने बाटो खुलेको छ। विशेषगरी बाबु आमामध्ये एक जना नेपाली भए पनि कानुनी जटिलताका कारण नागरिकता पाउन नसकेका युवायुवतीलाई यसले प्रत्यक्ष राहत पुर्‍याउने भनिएको छ।

समाचार शेयर गर्नुहोस्
888
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.