निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपति समक्ष थप पाँच मन्त्री नियुक्तिको सिफारिस

राष्ट्रपति समक्ष थप पाँच मन्त्री नियुक्तिको सिफारिस

939
SHARES

काठमाडौं — जेनजी आन्दोलनको बलमा गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप पाँच मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन्।

बैठकको निर्णयअनुसार सञ्चार मन्त्रालयको जिम्मेवारी जगदीश खरेललाई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई, उद्योग मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हालाई, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सङ्गीता कौशल मिश्रलाई र कृषि मन्त्रालयको जिम्मेवारीका लागि मदन परियारलाई सिफारिस गरिएको छ।

यी पाँच नयाँ सदस्य नियुक्त भएपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् नौ सदस्यीय बन्नेछ। मन्त्रिपरिषद् स्रोतका अनुसार राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि छिट्टै शपथ ग्रहणको मिति तय हुनेछ।

सरकारले शपथपछि नयाँ मन्त्रीहरूलाई तत्काल कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिने जनाएको छ। यससँगै सरकारको पहिलो प्राथमिकता सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, जेनजी आन्दोलनले उठाएका जनमाग सम्बोधन गर्ने तथा प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहत कार्यक्रमलाई तीव्रता दिने बताएको छ। यसअघि मन्त्रिपरिषद् चार सदस्यीय मात्र रहेको थियो।

समाचार शेयर गर्नुहोस्
939
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.