जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

588
SHARES
फायल तस्बिर

झापा – झापा जिल्लाको बिर्तामोड नगरपालिका–७ खालबारीमा बुधवार राति हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार जङ्गली हात्तीकाे आक्रमणबाट बिर्तामोड–७ का २७ वर्षीय सहिल मोहम्मद मियाँको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणपछि घाइते भएका उनको पेट फुटेर आन्द्रा बाहिरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमणिका रुपेश राईको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानका क्रममा मृतक बिर्तामोड–७ का २७ वर्षीय सहिल मोहम्मद मियाँकाे पहिचान खुलेको प्रहरीले पुष्टि गरेको छ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
588
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.