निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

432
SHARES
फायल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष आयोजना नहुने जानकारी गराएको छ।

वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइरालाले निर्वासनबाट स्वदेश फर्किँदै ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ अघि सारेपछि नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना एवं शुभकामना आदान–प्रदान गर्दै आएको थियो।

तर, यस वर्षको चाडबाडको समयमा भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमपछि ७२ जनाभन्दा बढीले ज्यान गुमाएका छन्। यस क्रममा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरबार), संसद् भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अङ्गका सबै तहका भौतिक एवं प्रशासनिक संरचनाहरूमा क्षति पुगेको छ।

त्यस्तै, लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका राजनेताहरूको ऐतिहासिक भवन, आश्रम, व्यावसायिक प्रतिष्ठानहरू तथा पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका नेताहरूमा समेत साङ्घातिक आक्रमण भएको कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार समग्रमा लोकतन्त्रका पक्षधर विभिन्न राजनैतिक दलका नेता, केन्द्रीयदेखि स्थानीय तहसम्मका दलका कार्यालयहरू तथा विभिन्न राजनीतिक एवं गैर–राजनीतिक व्यक्तिहरूको निजी सम्पत्तिमा सुनियोजित लुटपाट, आगजनी र क्षति पुगेको तथ्य पुष्टि भएको छ। यस घटनालाई नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटनाको रूपमा मूल्याङ्कन गरिएको कांग्रेसले उल्लेख गरेको छ।

कांग्रेसले विज्ञप्तिमा जनाए अनुसार, मुलुक शोकमा डुबेको र पार्टी कार्यालय आगजनीबाट ध्वस्त भएको अवस्थालाई ध्यानमा राख्दै, यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको छ।

समाचार शेयर गर्नुहोस्
432
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.