काठमाडौं असोज १८ र १९ गतेको अविरल वर्षाका कारण ३९ जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्। १३ जना घाइते भएका सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बाढी पहिरोले इलाममा २८ जनाको मृत्यु भएको छ। ५ जना बेपत्ता भएका छन्। बाढी पहिरोले इलाममा २८ जनाको मृत्यु भएको छ। ५ जना बेपत्ता भएका छन्। इलामको सूर्योदय नगरपालिका १ मा ५ जना, इलाम नगरपालिकामा घोसमा ६ जना, देउमाइ नगरपालिकामा २ जना, फाकफकथुम गाउँपालिकामा १ जना, मान्सेबुङ गाउँपालिकामा ३ जना, माइजोकमाई गाउँपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ३ जना गरी २८ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
उदयपुरमा बाढी पहिरोले २ जनाको मृत्यु भएको छ। १ जना बेपत्ता भएका छन्। खोटाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। भोजपुरमा चट्याङबाट २ जना घाइते भएका छन्।
पाँचथरमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका अनुसार रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा १ जनालाई बगाएको छ। रसुवामा ४ जना र काठमाडौँमा १ जनालाई बगाएर बेपत्ता बनाएको छ। मकवानपुरमा १ जना घाइते भएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.