निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

255
SHARES

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार जेनजी आन्दोलनका प्रतिनिधिसँग शीतल निवासमा भइरहेको छलफलका क्रममा अचानक अस्वस्थ भएका राष्ट्रपति पौडेल आइतबार उपचारपछि डिस्चार्ज भएका हुन्।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना गरिएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले हृदय र रगत सञ्चार प्रणालीसम्बन्धी नियमित जाँच तथा निगरानी गरेका थिए।

स्वास्थ्य परीक्षण र आवश्यक उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य भएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलले जानकारी दिए। उनका अनुसार, राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिएको हो। डिस्चार्ज भएपछि उनी शीतल निवास फर्किएका छन् र चिकित्सकहरूको सल्लाहअनुसार केही दिन विश्राम लिनेछन्।

समाचार शेयर गर्नुहोस्
255
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.