निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पानीमा डुबेर बेपत्ता तीन जनाको शव फेला

पानीमा डुबेर बेपत्ता तीन जनाको शव फेला

269
SHARES

रौतहट – रौतहट जिल्लाको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका ३ जनाको शव फेला परेको छ।

जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी बेपत्ता भएका थिए।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्ट सहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेका छन्।

समाचार शेयर गर्नुहोस्
269
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.