निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालेनको दबाबमा गृहमन्त्री फेर्ने कुरा हल्ला मात्रै

बालेनको दबाबमा गृहमन्त्री फेर्ने कुरा हल्ला मात्रै

273
SHARES

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले गृहमन्त्री ओमप्रकाश अर्याललाई फेर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिएको भन्ने समाचार असत्य रहेको स्पष्ट गरेका छन्।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।”

विज्ञप्तिमा जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार बनेको वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी वहन गरिरहेको उल्लेख गरिएको छ।

गृहमन्त्री अर्यालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको कुरा सबैलाई विदित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसै सन्दर्भमा, पछिल्ला दिनहरूमा गृहमन्त्री फेर्ने विषयमा बालेनले प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने हल्ला राजनीतिक वृत्तमा चले पनि प्रधानमन्त्री कार्यालयले त्यसलाई अफवाह भन्दै खण्डन गरेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।”

समाचार शेयर गर्नुहोस्
273
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.