निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कार्की बने प्रहरी प्रमुख, २०८४ सम्म कमाण्डमा रहने

कार्की बने प्रहरी प्रमुख, २०८४ सम्म कमाण्डमा रहने

255
SHARES

काठमाडौं – सरकारले नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आइजिपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिए।

कार्कीले यही कात्तिक २७ गतेदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्। वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कार्तिक २६ गते अवकाशमा जाँदै छन्। खापुङले भदौ १९ गते प्रहरी सङ्गठनको कमान्ड सम्हालेका थिए।

आइजिपी पदका लागि प्रतिस्पर्धामा अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, डा. मनोजकुमार केसी र शिद्धी विक्रम शाह पनि दाबेदार थिए। वरिष्ठताको आधारमा कार्की पहिलो नम्बरमा रहेकाले मन्त्रिपरिषद्ले उनलाई नै महानिरीक्षकमा नियुक्त गरेको हो।

प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल नभएमा कार्कीले २०८४ साल चैत १७ गतेसम्म प्रहरी सङ्गठनको नेतृत्व गर्नेछन्। जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेको घटनापछि भोलिपल्टै उनलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। त्यो समय निकै तनावपूर्ण अवस्थामध्ये पनि उनले जिम्मेवारी सम्हालेका थिए।

त्यसअघि कार्की प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागका प्रमुखका रूपमा कार्यरत थिए। चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी सम्हाल्दै कार्की भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठन गरिएको आयोगमा कर्मचारी र प्रहरीको दरबन्दी थप गर्ने निर्णय पनि गरेको छ। सरकारका प्रवक्ता मन्त्री खरेलका अनुसार, आयोगको कामलाई प्रभावकारी बनाउन जनशक्ति अभाव नहोस् भन्ने उद्देश्यले दरबन्दी बढाउने निर्णय गरिएको हो।

समाचार शेयर गर्नुहोस्
255
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.