निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘प्रसाईको अराजक अभिव्यक्तिमा चुकुल’

‘प्रसाईको अराजक अभिव्यक्तिमा चुकुल’

236
SHARES

काठमाडौँ – व्यवस्था परिवर्तनसम्मको माग राखेर आन्दोलन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। मङ्सिर ७ गते आन्दोलन घोषणा गरेका प्रसाई मध्यरातमा निवासबाटै पक्राउ परेका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान–नेपाल गठन गरेर आफैँ संयोजक बनेका प्रसाई चैत १५ गतेको आन्दोलनका क्रममा भारतबाट पक्राउ परेका थिए। उनी अदालतको आदेशमा २४ लाख धरौटी बुझाएर साउन १९ गते रिहा भएका थिए।

नेपाली सेनाले जेनजी आन्दोलनको एक महिनाअघि मात्रै रिहा भएका प्रसाईसँग छलफल गरेपछि प्रधानमन्त्री बन्नेसम्मका हल्ला फैलिएका थिए। जेनजी आन्दोलनको दुई महिना बितेपछि प्रसाई फेरि निवासबाटै पक्राउ परेका हुन्।

राजावादी गतिविधिमा संलग्न प्रसाई बैङ्कबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए। उनले मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात् प्रहरीले अनुसन्धान गरिरहेको थियो।

प्रसाई पक्राउ परे लगत्तै मङ्सिर ७ को घोषित आन्दोलन भेला र सभामा सीमित हुने देखिएको छ। आन्दोलन नहुने अभियानमा संलग्नहरूले बताउन थालेका छन्। तर प्रसाईको अभियानमा संलग्न प्रतिनिधि माधव कल्पित भने प्रसाई २४ घण्टामा रिहा हुने बत्ताउँछन्। “हामी छलफलमा छौँ, मध्यरातमा लिएर गएछन्, थाहै पाउन सकेनौँ,” कल्पितले पहिचानसँग भने, “सोधपुछ गरेर २४ घण्टामा छोडिदिन्छ होला।”

प्रसाईको टोलीले कार्तिक २६ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेको थियो। मागपत्र बुझाएको थियो।

प्रसाईले अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने काम गरेको आरोप छ। यही आरोपमा प्रसाई जिल्ला प्रहरी परिसर काठमाडौँमा दाखिला हुन आएका परिसरले जानकारी दियो। “हामीकहाँ दाखिला हुन आउनु भएको छ, सोधपुछ भइरहेको छ,” परिसरका प्रहरी अधिकारीले पहिचानसँग भने, “सोधपुछ गरेर सम्बन्धित निकायमा पेस गर्छौँ।”

प्रसाईले पक्राउ पर्नुअघि मात्रै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए। उनले लेखेका थिए,’सिंहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो? ७५ जनाको ज्यान कसरी गयो? मल्ल होटल अगाडि गाडीभित्र बसेर कसको कुरा भएर प्रधानमन्त्री चुनियो? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अपरेशन गरिएको थियो? उनीहरूकै स्वरमा प्रमाणको चिरफारसहितको विशेष भिडियो।’

दुर्गा प्रसाईँका प्रतिनिधिले गरे गृहमन्त्रीसँग वार्ता, माग सम्बोधन गरे घरमै बस्ने

समाचार शेयर गर्नुहोस्
236
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.