निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँबसपार्कमा भेटिएको शव तेस्रोलिंगीको नभएको पुष्टि

नयाँबसपार्कमा भेटिएको शव तेस्रोलिंगीको नभएको पुष्टि

359
SHARES

काठमाडौँ – काठमाडौँको नयाँ बसपार्कमा तन्नाले पोको पारेर फालिएको अवस्थामा भेटिएको शवको पहिचान भएको छ। उक्त शव रुकुम घर भएकी २२ वर्षीया आयुसा मगरको रहेको प्रहरीले पुष्टि गरेको छ।

स्थानीय जनप्रतिनिधिदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ताहरूले शव तेस्रोलिंगी व्यक्तिको भएको शङ्का गरेका थिए। तर अनुसन्धानका क्रममा शव नयाँ बसपार्क नजिकैको होटलमा काम गर्ने आयुसा मगरकै भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले यस घटनामा संलग्न शङ्का गरिएको एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नयाँबसपार्कको कुन्जला होटलमा काम गर्ने एक जनालाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार घटना कार्तिक २६ गतेको हो। रुकुमकी माया मगर भन्ने आयुसालाई २४ वर्षका सूर्य मगरले हत्या गरेको प्रहरी स्रोतले बताएको छ। सूर्य उदयपुरका हुन्।

सुरुमा शव तेस्रोलिंगीको हो भन्ने आशङ्का गरेर अनुसन्धान त्यतैतिर गरिएको थियो। तर पछि शव तेस्रोलिंगीको नभएको पुष्टि भएको प्रहरी स्रोतले बतायो। पहिचानसँगै अनुसन्धान अघि बढ्दै जाँदा शव महिला भएकै पत्ता लाग्यो।

होटलमा काम गर्ने व्यक्तिले उनको हत्या गरेर शव फालेको आशङ्का प्रहरीले गरेको छ। काठमाडौँ प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाले संयुक्त रूपमा गरेको खोजतलासमा होटलमा काम गर्ने कामदार पक्राउ परेका हुन्। उनलाई काठमाडौँ परिसरमा राखेर सोधपुछ भइरहेको प्रहरी स्रोतले जनाएको छ।

हत्याको कारण भने खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
359
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.