‘खेलौँ, हिँडौँ’ अभियानसहित किड्जी प्रि–स्कुलको वाकाथन

‘खेलौँ, हिँडौँ’ अभियानसहित किड्जी प्रि–स्कुलको वाकाथन

360
SHARES

काठमाडौँ – ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौँ, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवर्द्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ।

भैँसेपाटी चोकदेखि नयाँ बजारसम्म गरिएको उक्त वाकाथनमा स्कुलका बालबालिकाहरू, अभिभावक र शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमले बालबालिकालाई सक्रिय बनाउने, स्वस्थ जीवनशैली सिकाउने र बढी देखिने स्क्रिन प्रयोगलाई घटाउने उद्देश्य लिएको जनाएको छ।

बढ्दो डिजिटल प्रयोगको अवस्थालाई न्यूनीकरण गर्न र बालबालिकाको स्वास्थ्यलाई थप सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त र्‍यालीको आयोजना गरिएको विद्यालयकी को–अर्डिनेटर सागरिका भण्डारीले बताइन।

उनले वाकाथनको मुख्य उद्देश्य बालबालिकाको समग्र विकास, स्वास्थ्य सहयोग, शारीरिक सक्रियता तथा स्क्रिन समय कटौती रहेको बताइन। बालमैत्री, सुरक्षित र सकारात्मक वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता भएको उनको भनाइ थियो।

उनले यस किसिमका गतिविधिले बालबालिकालाई आत्मविश्वासी, सामाजिक र सक्षम बनाउन सहयोग गर्नेमा जोड दिइन, प्रि–स्कुलले गरेको कार्यक्रमलाई अभिभावकहरूले प्रशंसा गर्दै बालबालिकाको दिनचर्यालाई पुनर्विचार गर्न प्रोत्साहित गरेको उनले बताइन।

समाचार शेयर गर्नुहोस्
360
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.