निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कालीकोटका पत्रकार आचार्यको दुर्घटनामा मृत्यु

कालीकोटका पत्रकार आचार्यको दुर्घटनामा मृत्यु

272
SHARES
सम्बन्धित तस्बिर : दुर्घटनामा परी निधन भएका पत्रकार बीरेन्द्र आचार्य

कालीकोट – प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाज कालीकाेटका स्टेसन प्रबन्धक पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा परि निधन भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको २, नम्बर वडा कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाइकलले ठक्कर दिएको थियो।गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।

मुलपानीबाट भुरेलीतर्फ जादैगर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल, ३४ वर्षीय आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीसँग ठोक्किएको हो।

गम्भीर घाइते शुभकालिका गाउँपालिका ६ घर भई हाल वीरेन्द्रनगर १ बस्ने आचार्यको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक सक्रिय पत्रकारको असामयिक निधनले कालीकोटको पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ।

समाचार शेयर गर्नुहोस्
272
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.