निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ओखलढुंगामा १६ उम्मेदवार, आकर्षणको केन्द्रमा पिंकी राई

ओखलढुंगामा १६ उम्मेदवार, आकर्षणको केन्द्रमा पिंकी राई

618
SHARES

ओखलढुङ्गा – प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट १६ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार ३ जना स्वतन्त्रसहित १ जना तेस्रोलिंगी उम्मेदवार गरी जम्मा १६ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी तेस्रोलिंगी पिंकी राईले समावेशी समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ।

राईको उम्मेदवारीले ओखलढुङ्गामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई थप उजागर गरेको छ। ओखलढुङ्गाका १६ जना उम्मेदवारमध्ये तेस्रोलिंगी पिंकी राई आकर्षणको केन्द्रमा रहन पुगेकी छन्।

पिंकी राईसँगै नेपाली कांग्रेसबाट कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा, नेपाली कम्युनिस्ट पार्टीबाट अम्बिर बाबु गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल मजदुर किसान पार्टीबाट सबिना प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की र श्रम संस्कृति पार्टीबाट उद्धव कुमार राईको पनि उम्मेदवारी दर्ता भएको छ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिक प्रसाद बास्तोला, जनता समाजवादी पार्टी (संयुक्त)बाट नेत्र बहादुर नेम्वाङ र मितेरी पार्टी नेपालबाट कुमार बहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्रतर्फ भने विक्रम दाहाल, सन्त बहादुर तामाङ र नारायण काजी तामाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

समलिङ्गी–तेस्रोलिंगीको ऐतिहासिक छलाङ : प्रत्यक्षतर्फ ६ उम्मेदवार मैदानमा

समाचार शेयर गर्नुहोस्
618
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.