मनकामनाबाट फर्किँदै गरेको ईभी माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

मनकामनाबाट फर्किँदै गरेको ईभी माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

207
SHARES

काठमाडौं – मनकामना दर्शन गरी फर्किँदै गरेको ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ। शनिवार गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ कनटारमा बाग्मती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा ९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ जना पुरुष र ६ जना महिला रहेका छन्। उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मनकामना दर्शन गरी फर्किँदै गरेको उक्त माइक्रोमा १६ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवनतर्फ पठाइएको छ। मृत्यु हुनेमा २ जना पुरुष र ५ जना महिला रहेका छन्।

समाचार शेयर गर्नुहोस्
207
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.