अमेजन किन्डलमा ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ प्रकाशित

अमेजन किन्डलमा ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ प्रकाशित

92
SHARES

काठमाडौँ – नेपालका पहिलो समलिङ्गी संविधानसभा सदस्य तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकार अभियन्ता सुनिलबाबु पन्तको पुस्तक ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ (From Sex Marking to Human Nature: Gender and Sexual Diversity from an Eastern Perspective) अमेजन किन्डलमा प्रकाशित भएको छ।

पूर्वीय दर्शन, नेपाली भाषा, सांस्कृतिक सम्पदा, इतिहास र मानवीय अनुभवमा आधारित पुस्तकले लैङ्गिक तथा यौनिक विविधतालाई बुझ्ने परम्परागत र आधुनिक दृष्टिकोणबीच नयाँ बहसको सुरुवात गर्ने प्रयास गरेको छ।

पन्तले लैङ्गिक विविधता आधुनिक पहिचान वा चिकित्सकीय अवधारणामा मात्रै सीमित नभई प्राचीन पूर्वीय संस्कृति, समाज र आध्यात्मिक परम्परामा समेत गहिरो जरा भएको मानव प्रकृतिको अभिव्यक्ति हुन सक्ने तर्क प्रस्तुत गरेका छन्।

पुस्तकले ‘लिङ्ग’ शब्दको व्यापक संस्कृत अर्थदेखि तेस्रो प्रकृति, लैङ्गिक विविधता र मानव स्वभावसम्मका विषयलाई समेटेको छ। साथै, लैङ्गिक विविधतालाई पश्चिमी अवधारणात्मक ढाँचाबाट मात्रै नभई आफ्नै भाषा, दर्शन, इतिहास र सांस्कृतिक अनुभवका आधारमा पनि व्याख्या गर्न सकिने सम्भावना खोजेको छ।

पन्तका अनुसार पुस्तकको उद्देश्य पूर्वीय वा पश्चिमी विचारमध्ये कुनै एकलाई श्रेष्ठ साबित गर्नु नभई स्थानीय ज्ञान परम्परा, आधुनिक विज्ञान र मानव अधिकारबीच संवाद स्थापित गर्नु हो।

उनले विश्वभरका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, अभियन्ता तथा जिज्ञासु पाठकलाई लैङ्गिक विविधताको इतिहास र मानव प्रकृतिबारे स्थापित धारणाभन्दा बाहिर रहेर अध्ययन तथा विमर्श गर्न पुस्तकमार्फत आग्रह गरेका छन्।

पुस्तक अहिले अमेजन किन्डलमा उपलब्ध छ। यस प्रकाशनले नेपालको मौलिक सांस्कृतिक तथा दार्शनिक दृष्टिकोणलाई अन्तर्राष्ट्रिय लैङ्गिक बहसमा पुर्‍याउने अवसर सिर्जना गरेको छ।

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.