निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

टि- २० विश्वकप: इङ्ल्यान्डसँग नेपाल ४ रनले स्तब्ध

टि- २० विश्वकप: इङ्ल्यान्डसँग नेपाल ४ रनले स्तब्ध

63
SHARES
MUMBAI, INDIA - FEBRUARY 08: Lokesh Bam and Karan KC of Nepal walk from the field after Nepal lost by 4 runs during the ICC Men's T20 World Cup India & Sri Lanka 2026 match between England and Nepal at Wankhede Stadium on February 08, 2026 in Mumbai, India. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं – नेपाल आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा दुईपल्टको विश्वविजेता इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ।

समूह ‘सी’ अन्तर्गत आइतबार सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १० रनको आवश्यकता थियो। तर नेपालले ५ रन मात्र जोड्न सक्यो। लोकेश बमले २० बलमा ३९ रन बनाउँदै संघर्ष गरे पनि जिताउन सकेनन्।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन जोडे। २९ बलमा दीपेन्द्र ६ चौका १ छक्का प्रहार गरे। कप्तान रोहित पौडे ३९ रनमा आउट भए। रोहितले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि ओपनर कुशल भुर्तेलले‌ दमदार सुरुवात गरे। १७ बलमा उनले ४ चौका र १ छक्कासहित २९ रन जोडे। अर्का ओपनर आसिफ शेख ७ र उनका दाजु आरिफ शेखले १० रन बनाए। लोकेश २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा नटआउट आउट रहे।

इङ्ल्यान्डका लाइम डासनले २, लुके उड, जोफ्रा आर्चरी, विल ज्याक्स र साम कुरानले एकएक विकेट लिए। त्यसअघि मुम्बईको वानखडे स्टेडियममाटस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए।

बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।

समाचार शेयर गर्नुहोस्
63
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.