निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गगन र अमरेशको क्षेत्रमा ३१ दलको मत शून्य

गगन र अमरेशको क्षेत्रमा ३१ दलको मत शून्य

85
SHARES

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा ३१ वटा राजनीतिक दलको जनमत कागजमै सीमित देखिएको छ। निर्वाचनमा सहभागी भए पनि मतदाताबाट एक मतसमेत नपाउनुले ती दलहरूको सङ्गठन, पहुँच र जनआधार कमजोर देखाएको छ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहबीच मुख्य प्रतिस्पर्धा भएको क्षेत्रका रूपमा चर्चामा रहेको थियो। तर, यही क्षेत्रमा दर्जनौँ दलले आफ्नो अस्तित्व देखाउने अवसरसमेत नपाएको अवस्था देखिएको छ।

निर्वाचन परिणामअनुसार नेपाल मातृभूमि पार्टी, राष्ट्रिय गौरव पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल र पिपुल फर्ष्ट पार्टीले समानुपातिकतर्फ शून्य मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), जय मातृभूमि पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेशनल रिपब्लिक नेपाल तथा संयुक्त नागरिक पार्टीले पनि एक मतसमेत पाउन सकेनन्।

शून्य मत पाउने दलहरूको सूचीमा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल), नेपाल सद्भावना पार्टी तथा एकल चुनाव चिन्ह ‘सिंह’ अन्तर्गत रहेका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल पनि परेका छन्।

यस्तै नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय एकता दल, राष्ट्रिय जनता पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, जनता लोकतान्त्रिक पार्टी नेपाल र समावेशी समाजवादी पार्टीले पनि समानुपातिकतर्फ एक मतसमेत पाउन सकेनन्।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, स्वाभिमान पार्टी, जन अधिकार पार्टी, राष्ट्र निर्माण दल नेपाल, नेपाली काँग्रेस (वी.पी.), त्रिमुल नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र जनप्रिय लोकतान्त्रिक पार्टीले पनि शून्य मत पाएका छन्।

उक्त क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। पार्टीले ४५ हजार ५१६ मत पाएको छ। नेपाली कांग्रेसले १८ हजार ८१ मत प्राप्त गर्दा नेकपा एमालेले ५ हजार ५३६ मत पाएको छ।

जनमत पार्टीले १ हजार ५९० र नेपाली कम्युनिष्ट पार्टीले १ हजार २१५ मत प्राप्त गरेका छन्। एकल चुनाव चिन्ह ‘बस’ अन्तर्गत रहेका नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले संयुक्त रूपमा १ हजार ६७ मत पाएका छन्।

जनता समाजवादी पार्टी नेपालले ८५८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९९ मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले ३०८ मत पाएको छ भने प्रगतिशील लोकतान्त्रिक पार्टीले २९८ मत प्राप्त गरेको छ।

नेपाल जनता संरक्षण पार्टीले २३३ मत पाएको छ। एकल चुनाव चिन्ह ‘मोबाइल’ अन्तर्गत रहेका आम जनता पार्टी र जनादेश पार्टी नेपालले ५९ मत पाएका छन्। एकल चुनाव चिन्ह ‘चकिया (जाँतो)’ अन्तर्गत रहेका राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ४३ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीले २७, गतिशील लोकतान्त्रिक पार्टीले २५, नेपाल मजदुर किसान पार्टीले २३, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले १८ मत प्राप्त गरेका छन्।

नेपालका लागि नेपाली पार्टीले १७ र सार्वभौम नागरिक पार्टीले पनि १७ मत पाएका छन्। नेपाल जनमुक्ति पार्टीले १६ मत पाएको छ भने राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ५ मत प्राप्त गरेको छ।

राष्ट्रिय जनमोर्चाले ४ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)ले ३ मत प्राप्त गरेको छ। नागरिक शक्ति नेपालले २ मत पाएको छ भने बहुजन शक्ति पार्टीले पनि २ मत पाएको छ। समावेशी समाजवादी पार्टी नेपालले भने जम्मा १ मत प्राप्त गरेको छ।

सर्लाही क्षेत्र नम्बर ४ मा केही ठूला दलबीच कडा प्रतिस्पर्धा देखिए पनि अधिकांश साना दलहरूको जनमत अत्यन्तै कमजोर रहेको देखिएको छ।

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.