ग्लोबल आइएमई बैङ्कद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

ग्लोबल आइएमई बैङ्कद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

73
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको छ।

बैङ्कले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको बैङ्कले जनाएको छ।

बैङ्कले ग्लोबल मनि विक २०२६को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यही मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैङ्कका विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ।

यसका साथै, बैङ्कले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत् पनि प्रसारण गर्नेछ।

वित्तीय साक्षरता अभिवृद्धिका लागि बैङ्कले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। बैङ्कका अनुसार यस आर्थिक वर्षमा हालसम्म बैङ्कको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैङ्किङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
73
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.