"/>
काठमाडौँ – नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, तेस्रोलिंगी समुदायको नेतृत्वमा स्थापित समावेशी समाजवादी पार्टीले देशभर एकसाथ आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ।
पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्त संरक्षक र सल्लाहकार रहेको समावेशी समाजवादी पार्टीले केही बाहेक अधिकांश निर्वाचन क्षेत्रबाट मत प्राप्त गरेको छ।
पहिचानको अधिकार र राजनीतिक प्रतिनिधित्वको दीर्घ संघर्षकाबीच आफ्नै दलमार्फत निर्वाचनमा सहभागी हुनु आफैँमा चुनौतीपूर्ण भए पनि नुमा लिम्बु (चञ्चला) नेतृत्वको दलले सीमित स्रोत, सामाजिक अवरोध र संरचनात्मक कठिनाइका बाबजुद आफ्नो उपस्थिति दर्ज गराएको छ।
जेनजी आन्दोलनपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा समावेशी समाजवादी पार्टीले १५९ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाउन सकेको थिएन। ६ वटा निर्वाचन क्षेत्रमा मात्र प्रत्यक्ष उम्मेदवार मैदानमा उतारेको थियो, जसले नयाँ र सीमान्तकृत समुदायको दलका लागि चुनावी प्रतिस्पर्धा कति कठिन छ भन्ने देखाएको छ।
चुनावको मिति घोषणा भएपछि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले सीमित समय, स्रोत र संरचनात्मक पहुँचका बाबजुद समानुपातिकतर्फ १ हजार ३९७ मत प्राप्त गर्न सफल भएको छ।
यही मतका आधारमा देशभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको देखिन्छ, जुन लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक उपस्थिति निर्माणतर्फको महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ।
कोशी प्रदेशअन्तर्गत ताप्लेजुङबाट ११ मत, पाँचथरबाट १८, इलामबाट ३३, झापा १ बाट १२, झापा २ बाट ३, झापा ३ बाट १२, झापा ४ बाट १० र झापा ५ बाट १० मत गरी जम्मा ४७ मत प्राप्त भएको छ।
त्यसैगरी सङ्खुवासभाबाट १६, तेह्रथुमबाट ९, भोजपुरबाट १६, धनकुटाबाट २० तथा मोरङका १ मा २३, २ मा ५, ३ मा १४, ४ मा ३०, ५ मा १० र ६ मा ६ मत गरी कुल ८६ मत प्राप्त भएको छ। मोरङ ४ मा समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बु (चञ्चला) प्रत्यक्षतर्फ उम्मेदवार थिइन्, जसले नेतृत्व स्वयं मैदानमा उत्रिएर सङ्घर्ष गरेको सन्देश दिएको छ।
समानुपातिकतर्फ सुनसरी १ बाट २९, २ बाट ८, ३ बाट ७ र ४ बाट १२ गरी ५६ मत प्राप्त भएको छ भने सोलुखुम्बुबाट ९, खोटाङबाट ११, ओखलढुङ्गाबाट ५१, उदयपुर १ बाट १६ र २ बाट १३ गरी २९ मत प्राप्त भएको छ। ओखलढुङ्गामा समावेशी समाजवादी पार्टीले अन्य पहिचानबाट पिंकी राईलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो।
समावेशी समाजवादी पार्टीले कोशी प्रदेशका सबै जिल्लामा पहिलो पटक आफ्नो उपस्थिति देखाएको छ। प्रदेशका सबै निर्वाचन क्षेत्रबाट मत प्राप्त गर्न सफल हुनु यस दलका लागि मात्र नभई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिताको सङ्घर्षपूर्ण यात्रामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
मधेश प्रदेशअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं १ बाट २१, २ बाट ३, ३ बाट ४ र ४ बाट ९ गरी ३७ मत प्राप्त भएको छ। त्यसैगरी सिराहा १ बाट ४, २ बाट १२, ३ बाट २ र ४ बाट ९ गरी २७ मत समानुपातिकतर्फ प्राप्त भएको छ।
धनुषा १ बाट ६ मत, २ बाट ६, ३ बाट ६ र ४ बाट ३ मत प्राप्त भएको छ। समावेशी समाजवादी पार्टीले महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट १५ मत पाएको छ भने क्षेत्र नं २ बाट १ मत, क्षेत्र नं ३ बाट ५ मत र क्षेत्र नं ४ बाट ३ मत प्राप्त गरेको छ।
सर्लाही १ बाट ५ मत, क्षेत्र नं २ बाट ११ मत र क्षेत्र नं ३ बाट ९ मत प्राप्त भएको छ भने सर्लाही ४ बाट भने शून्य मत प्राप्त भएको छ, जसले नयाँ दलका लागि केही क्षेत्रमा अझै आधार निर्माणको चुनौती देखिएको छ।
रौतहट १ बाट १५ मत, क्षेत्र नं २ बाट ३२, क्षेत्र नं ३ बाट १२ र क्षेत्र नं ४ बाट ७ मत प्राप्त भएको छ। बारा निर्वाचन क्षेत्र नं १ बाट ६६ मत प्राप्त भएको छ भने क्षेत्र नं २ बाट ५, क्षेत्र नं ३ बाट २ र क्षेत्र नं ४ बाट ८ मत प्राप्त भएको छ।
पर्सा निर्वाचन क्षेत्र नं १ बाट ३ मत र क्षेत्र नं २ बाट ८ मत प्राप्त भएको छ भने क्षेत्र नं ३ बाट ३ मत प्राप्त भएको छ। क्षेत्र नं ४ बाट भने १ मत पनि प्राप्त गर्न नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम विवरणमा उल्लेख छ।
बागमती प्रदेशमा पनि समावेशी समाजवादी पार्टीले आफ्नो उपस्थिति देखाएको छ। दोलखाबाट ११ मत, रामेछापबाट १० मत र सिन्धुली निर्वाचन क्षेत्र नं १ र २ बाट समान १०–१० मत प्राप्त भएको छ।
रसुवाबाट ४ मत प्राप्त भएको छ भने धादिङ १ बाट १० र क्षेत्र नं २ बाट ५ मत प्राप्त भएको छ। नुवाकोट १ बाट ९ मत र २ बाट ७ मत प्राप्त भएको छ।
काठमाडौँ उपत्यकामा पनि पार्टीले आफ्नो उपस्थिति दर्ज गराएको छ। काठमाडौँ क्षेत्र नं १ बाट ६ मत, २ बाट १ मत, ३ बाट ८ मत, ४ बाट २ मत र ५ बाट ७ मत प्राप्त भएको छ। त्यस्तै क्षेत्र नं ६ बाट ५ मत, ७ बाट ४ मत, ८ बाट २ मत, ९ बाट ७ मत र १० बाट ८ मत प्राप्त भएको छ। काठमाडौँ १ मा सुरेन्द्र पाण्डे र क्षेत्र नं १० मा पूर्णचन्द्र पौडेल प्रत्यक्षतर्फ उम्मेदवार थिए।
भक्तपुर १ बाट २ मत र क्षेत्र नं २ बाट १ मत प्राप्त भएको छ। ललितपुर निर्वाचन क्षेत्र नं १ बाट ५ मत, क्षेत्र नं २ बाट १२ मत र क्षेत्र नं ३ बाट १८ मत प्राप्त भएको छ।
काभ्रेपलान्चोक १ बाट २८ मत र क्षेत्र नं २ बाट ५ मत प्राप्त भएको छ। काभ्रे क्षेत्र नं १ मा समावेशी समाजवादी पार्टीबाट विनोद लामा (कोनिका) प्रत्यक्षतर्फ उम्मेदवार थिए।
सिन्धुपाल्चोक क्षेत्र नं १ बाट ६ मत र क्षेत्र नं २ बाट ४ मत प्राप्त भएको छ। मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट ९ मत र क्षेत्र नं २ बाट ६ मत प्राप्त भएको छ। चितवन १ बाट ४ मत, क्षेत्र नं २ बाट ९ मत र क्षेत्र नं ३ बाट ४ मत प्राप्त भएको छ।
समावेशी समाजवादी पार्टीले देशका विभिन्न भूभागमा छरिएर भए पनि मत प्राप्त गर्दै आफ्नो सङ्गठन विस्तारको आधार तयार पारेको देखिएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नै दलमार्फत चुनावमा सहभागिता जनाउनु र मत प्राप्त गर्नु नेपाली राजनीतिक इतिहासमा सङ्घर्षपूर्ण तर महत्त्वपूर्ण अभ्यासका रूपमा उभिएको छ।
गण्डकी प्रदेशमा पनि समावेशी समाजवादी पार्टीले सीमित स्रोत, सामाजिक अवरोध र नयाँ राजनीतिक पहिचानकाबीच आफ्नो उपस्थिति जनाएको छ।
गोरखा १ बाट ८ मत र क्षेत्र नं २ बाट ३ मत पाएको छ। मनाङबाट शून्य मत प्राप्त भएको छ भने लमजुङबाट ५ मत पाएको छ। कास्की १ बाट २ मत, २ बाट २ मत र क्षेत्र नं ३ बाट २ मत पाएको छ।
तनहुँ १ बाट ५ मत र २ बाट ९ मत पाएको छ। स्याङ्जा १ बाट ५ मत र २ बाट ६ मत पाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट २ मत र २ बाट १ मत पाएको छ। मुस्ताङबाट २ मत, म्याग्दीबाट २२ मत, बागलुङ १ बाट ४ मत र क्षेत्र नं २ बाट ४ मत पाएको छ भने पर्वतबाट १ मत प्राप्त भएको छ।
लुम्बिनी प्रदेशमा समावेशी समाजवादी पार्टीले आफ्नो सङ्गठनको उपस्थिति कायम राख्ने प्रयास गरेको छ। गुल्मी १ बाट २ मत र क्षेत्र नं २ बाट ४ मत पाएको छ। पाल्पा १ बाट ५ मत र २ बाट १ मत पाएको छ। अर्घाखाँचीबाट ६ मत पाएको छ।
रुपन्देही क्षेत्र नं १ बाट ५ मत, २ बाट १२ मत, ३ बाट ४ मत, ४ बाट ४ मत र ५ बाट ६ मत पाएको छ। रुपन्देही २ बाट समावेशी समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ देवेन्द्र बहादुर खत्री (मधु) उम्मेदवार थिए।
कपिलवस्तु १ बाट ५ मत, २ बाट १० मत र ३ बाट १० मत पाएको छ। रुकुम (पूर्वी भाग)बाट १ मत, रोल्पाबाट ८ मत, प्युठानबाट ९ मत पाएको छ। दाङ निर्वाचन क्षेत्र नं १ बाट ६ मत, २ बाट १ मत र ३ बाट ५ मत पाएको छ।
बाँके १ बाट १० मत, २ बाट ६ मत र ३ बाट १० मत पाएको छ। बर्दिया १ बाट १४ मत र २ बाट १४ मत पाएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट ६ मत र क्षेत्र नं २ बाट ८ मत पाएको छ।
कर्णाली प्रदेशमा झन् कठिन भौगोलिक अवस्था र सामाजिक संरचनाबीच पनि पार्टीले आफ्नो उपस्थिति कायम राख्ने प्रयास गरेको छ। सल्यानबाट ११ मत, डोल्पाबाट शून्य मत, मुगुबाट शून्य मत, जुम्लाबाट ३ मत, कालीकोटबाट २ मत, हुम्लाबाट १ मत र जाजरकोटबाट ६ मत पाएको छ।
दैलेख क्षेत्र नं १ बाट ५ मत र क्षेत्र नं २ बाट १ मत पाएको छ। सुर्खेत १ बाट ५ मत र २ बाट ६ मत पाएको छ। रुकुम (पश्चिम भाग)बाट ७ मत प्राप्त भएको छ।
सुदूरपश्चिम प्रदेशमा पनि समावेशी समाजवादी पार्टीले आफ्नो उपस्थितिलाई निरन्तरता दिएको छ। बाजुराबाट ५ मत, अछाम १ बाट ८ मत र क्षेत्र नं २ बाट ९ मत पाएको छ। बझाङबाट १५ मत र डोटीबाट ११ मत प्राप्त भएको छ।
कैलाली निर्वाचन क्षेत्र नं १ बाट ८ मत, २ बाट ५ मत, ३ बाट ८ मत, ४ बाट ७ मत र ५ बाट १० मत पाएको छ। दार्चुलाबाट ६ मत, बैतडीबाट ११ मत र डडेलधुराबाट ६ मत प्राप्त भएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट ५ मत, २ बाट ७ मत र ३ बाट ९ मत पाएको छ।
शून्य मत आएको क्षेत्रदेखि मत प्राप्त भएका क्षेत्रसम्मको यो यात्रा आफैँमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नै राजनीतिक दलमार्फत राष्ट्रिय राजनीतिमा स्थान बनाउन गरेको सङ्घर्ष, धैर्य र निरन्तरताको स्पष्ट प्रतिबिम्बका रूपमा उभिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.