अन्तर आकाशको उज्यालो हो-यो

अन्तर आकाशको उज्यालो हो-यो

59
SHARES

चकमन्न रातको शितल काखमा,
निशब्दता जब गुन्जियो,
अन्तर्मनको गहिरो आकाशमा
एक चम्किलो उज्यालो मुस्कुरायो।

न कुनै खोज,
न कुनै चाह थियो- त्यो ,
केवल मौनमा फुलेको
चेतना थियो- त्यो
जहाँ स्वयमको बोधमा,
अस्तित्व आफैभित्र फक्रियो।

ओशो तिम्रो ती फक्रिएका आँखाहरूमा,
शान्तिको दिप बलिरहेछ,
आफूलाई खोज्न बाहिर होइन
भित्र पुञ्ज चम्किरहेछ।

विचार र भावनाभन्दा पर,
शुद्ध चेतनाको अनुभव हो यो,
जसको न कुनै स्रोत हुन्छ,
न कुनै कारण
अन्तर आकाशको
उज्यालो हो यो!!!

समाचार शेयर गर्नुहोस्
59
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.