गभर्नर दौडमा पछि परेका भट्ट योजना आयोगको उपाध्यक्ष

गभर्नर दौडमा पछि परेका भट्ट योजना आयोगको उपाध्यक्ष

106
SHARES

काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ। नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्न नपाएका भट्टले अन्ततः योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पाएका हुन्।

तत्कालीन सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने आश्वासन दिएपछि उनले नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने वा नरहनेबारे कुनै नीतिगत बाधा नहुँदा पनि उनले राजीनामा दिएका थिए।

तर, गभर्नर नियुक्तिको अन्तिम चरणमा भएको रस्साकस्सीपछि विश्व पौडेल गभर्नर नियुक्त भए। कांग्रेस–एमाले नेतृत्वले आश्वासन दिए पनि भट्ट गभर्नर बन्नबाट वञ्चित भए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्दै जिम्मेवारी दिएको हो।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिको असर कम गर्न इन्धनमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष तथा दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेस गरेका थिए।

सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो। कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन्।

समाचार शेयर गर्नुहोस्
106
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.