मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : दोस्रोमा स्वर्णिम, अन्तिममा श्रम

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : दोस्रोमा स्वर्णिम, अन्तिममा श्रम

191
SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मर्यादाक्रम अनुसार कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका छन्। मर्यादाक्रमको दोस्रो नम्बरमा अर्थ मन्त्री स्वर्णिम वाग्ले रहेका छन्।

परराष्ट्र मन्त्री शिशिर खनाल मर्यादाक्रमको तेस्रो नम्बरमा छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ चौथो नम्बरमा छन्। पाँचौँ मर्यादामा गृह मन्त्री सुधन गुरुङ रहेका छन् भने छैटौँ नम्बरमा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुलिन लम्साललाई राखिएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सातौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी आठौँ र सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललाई नवौँ मर्यादाक्रममा राखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता दशौँ, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ११औँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल १२औँ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई १३औँ मर्यादाक्रममा राखिएको छ।

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी १४औँ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई मन्त्रिपरिषद्को अन्तिम १५औँ मर्यादाक्रममा राखिएको छ।

समाचार शेयर गर्नुहोस्
191
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.