निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“मैले राजीनामा दिदैमा मन सानो बनाउनु पर्दैन । मलाई खोज्नु भयो भने म यतैतिर भेटिने छु ।”

“मैले राजीनामा दिदैमा मन सानो बनाउनु पर्दैन । मलाई खोज्नु भयो भने म यतैतिर भेटिने छु ।”

534
SHARES

नरेश फुँयाल (पहिचान) साउन २० उनी भन्दै थिए,–“प्रजातान्त्रिक प्रद्धतिको संस्कार विकास गर्न पनि मैले राजीनामा दिएको हुँ । मैले राजीनामा दिए भन्दैमा मन सानो बनाउनु पर्ने म देख्दिन ।” उनले यति भनिसक्दा सबैको मन खुम्चिसकेको थियो । तर उनले फेरी भने,–“मलाई हिजै जस्तो लाग्छ । हामी रत्नपार्कमा जम्मा भएर संगठित भएको । तर अब चांडै १३ वर्ष पुग्न लागेछ । मैले कार्यकारी पद छाडे पनि मलाई खोज्नु भयो भने म यतैतिर भेटिने छु ।”
अनि उपल्लो छेउबाट एउटा आवाज सुनियो मधुरो,–“मलाई त आज रुन मन लागेको छ । मलाई जन्म जसले दिएपनि कर्म तपाईले दिएको हो ।” यति भनि नसक्दै फेरी पुरानै आवाज सुनियो,–“कर्म आफैले गरेर खाने हो । होला मैले सहयोग गरे होला,तर यसमा तपाइहरुको झन ठूलो भूमिका छ । अब आफैले गरेर खानु पर्छ । अरुले गरिदिएर सधैलाई पुग्छ र ?”
हैन सर तपाईले धेरै गर्नु भएको छ । १३ वर्ष अघि म आउदा उहाँहरु त्यो तलको कोठामा दिनभरी ढोका थुनेर बस्नु हुन्थ्यो । मैले छ महिना पछि झल्याक झुलुक्क अनुहार देखेको । यी आज हामी यसरी संगै बसेको छौं । यसमा सरको ठूलो योगदान छ ।” प्लोरको अर्को छेउबाट अलि अस्पष्ट अर्को आवाज सुनिन्छ ।
यो संवाद कुनै रंगमञ्चमा सिद्धहस्त कलाकारले बोलेको होइन । र होइन रंगमञ्चमा देखाइन लागेको नाटकको अभिनय गर्दैगरेका नब कलाकारको डाइलग पनि । यो त समलिंगी तेस्रोलिंगीका अभियन्ता सुनिलबाबु पन्तले नील हिरा समाजको कार्यकारी निर्देशक पद छोडेको औपचारिक जानकारी गराउदाको माहोलको बास्तविक संवाद हो ।
विरलै भेटिदा हुन त्यस्ता मान्छे जसले आफुले सम्हाल्दै आएको पद, प्रतिष्ठा र सुविधा सजिलै छाडोस । खाइपाइ आएको सुविधा चटक्कै छाडेर अर्कैलाई दियोस । तर, यस्तै भयो नील हिरा समाजमा । विगत १३ वर्षदेखी समाजको सफल नेतृत्व गरेका सुनिलबाबु पन्तले संस्थामा प्रजातान्त्रिक पद्धतिको थिति बसाल्न भन्दै विना कारण राजिनामा दिए । “ एउटै ब्यक्ति कुनै पनि कुरामा निपूर्ण हुन्छ भन्ने हुदैन । अब तपाइहरुले अरु ब्यक्तिबाट पनि केही कुरा सिक्नु पर्छ भनेर मैले राजीनामा दिएको हुँ ।” पन्तले नील हिरा समाजका नयाँ कार्यकारी निर्देशक सुदिप बहादुर सिंहतिर देखाउँदै भने,–“ उहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव संगालिसकेका अनुभवि ब्यक्ति हुनुहुन्छ । अब तपाईँहरुले उहाँबाट धेरै कुरा सिक्नु हुनेछ ।”Sunil sir
“मैले भनिसँके अझै गर्न धेरै छ । समाजजिक मुद्धालाई राजनीतिकरण नगरेसम्म हाम्रो माग सुनुवाई हुदैन रहेछ ।” पन्तले भने,–“मैले चार वर्ष विघठित संविधानसभाको सदस्य हुदा सिकेको पाठ हो यो । बाहिर बसरे भएपनि म तपाइहरुसँगै रहनेछु । राजनीतिक मुद्धामा अब मेरो ध्यान केन्द्रित गर्नेछु ।”
नेपालमा पनि समलिंगी तेश्रोलिंगी छन् र ? भन्ने अवस्था रहेका बेला आँफुलाई पुरुष समलिंगीका रुपमा चिनाउदै यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संगठीत गरेर आफ्नो समुदायको अधिकारका लागी वकालत गरेका उनको लगभग एकल प्रयासको प्रतिफल अहिले आउन थालिइसकेको छ । केहि आउने क्रममा छन् । अन्य उल्लेख गरेर समलिंगी तेस्रोलिंगीलाई सरकारले पहिचान अनुसारको नागरिकता दिन थालिसकेको छ । समान यौनिकता भएकाको बिबाहले मान्यता पाउने अपेक्षा गरिएको छ भने विभेदकारी कानून खोरजीको प्रक्रियामा छ ।
तर आँफुलाई नील हिरा समाजको निर्वतमान कार्यकारी निर्देशक बनाएका पन्तले यसको भागीदार आँफु मात्र भएको स्वीकार्दैनन् । पन्त भन्छन्,–“यो सामूहिक अथक प्रयासको प्रतिफल हो । मेरो एकल प्रयासले केही हुने थिएन । यसको क्रेडिटका भागीदार प्रत्यक्ष अप्रत्यक्ष हामी सबै हौं ।”
देशका ५३ शहरमा शाखा बिस्तार गरेर यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई सितल छहारी प्रदान गरेका उनलाई समलिंगी तेस्रोलिंगीलाई कर्म दिने अभिभाक हुन् । ७ सय ५० जना समलिंगी तेस्रोलिंगीलाई प्रत्यक्ष रोजगारी दिने पन्तको अझै यही क्षेत्रमा सक्रिय सहभागीताको खाँचो छ ।

समाचार शेयर गर्नुहोस्
534
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.