समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व विना संविधान सभाको पहिलो बैठक

समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व विना संविधान सभाको पहिलो बैठक

काठमाडौं (पहिचान) माघ ११ -समलिंगी नौलो विषय होइन । विश्वका पाँच छ वटा देशले समलिंगीलाई अधिकार दिने कानुन बनाइसके तर नेपालमा कानुन बनेको छैन । अव हामी कानुन बनाउने ठाउँ संविधान सभामा आएका छौ । समलिंगीको अधिकार लेखाउन पहल गछौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद् भक्तवहादुर खपाङ्गीले संविधान सभाको पहिलो बैठकपछि यस्तो प्रतिक्रिया दिदाँ तामझामका साथ पार्टी प्रवेश गराएर समलिंगी तेश्रोलिंगीको अभिभावक पार्टी भयो भन्ने नेकपा एमालेका सभासद् रामहरी सुवेदी समलिंगी विवाह अप्राकृतिक भन्दै थिए । 

समलिंगीबारे नबुझेका सभासद् सुवेदी एक्लो भने होइनन । संविधान सभामा पहिलो पटक प्रतिनिधित्व गरेका धेरैलाई समलिंगी नौलो विषय लाग्छ । पहिलो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । पहिलो संविधान सभाका सबै सभासद्ले समलिंगी तेश्रोलिंगीबारे नजिकबाट बुझ्ने विषयगत समितिका मस्यौदामा समलिंगी तेश्रोलिंगीको अधिकार पनि लेखेका थिए । तर अहिलेको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन । 20140122_151915
संविधान सभाका सदस्यहरुले यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेख्न कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो संविधान सभाको पहिलो बैठकमा सहभागीभए पछि सभासद्हरुले समलिंगी तेश्रोलिंगीको अधिकार लेख्न कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

20140122_154829नेपाली काँग्रेस नुवाकोटबाट प्रत्यक्ष तर्फ निर्वाचित सभासद् अर्जुननर सिंह केसीले संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने बताए । केसीले समलिंगी तेश्रोलिंगीको अधिकार लेख्न उनीहरुनै सहभागी भए राम्रो हुने बताए । समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भए राम्रो केसीले भने ः प्रतिनिधित्व नभएपनि अधिकार लेखाउन दवाव दिइरहनु पर्छ । केसीले संविधान सभा मार्फत बन्ने संविधानमा सबैका अधिकार लेखिनेमा ढुक्क हुन आग्रह पनि गरे ।

नेकपा एमाले काभ्रेबाट प्रत्यक्ष तर्फ निर्वाचित रामहरी सुवेदीले अव बन्ने संविधानमा समलिंगी तेश्रोलिंगीको अधिकार लेखिने बताए । पार्टीको नीति विचार र विगतको संविधान सभामा पार्टीले जनाएका सहमति अनुसार आफू अघि बढ्ने सुवेदीको भनाई छ । समलिंगी तेश्रोलिंगी पनि नेपाली नागरिक भएकाले अरु सरह समान अधिकार पाउनुपर्नेमा सुवेदीले जोड दिए । समलिंगीबारे आफूमा भ्रम रहेको बताउँदै सभासद् सुवेदीले अध्ययन गरेर अधिकार लेख्ने बताए ।

राष्ट्रिय जनमोर्चाका सभास्द चित्रबहादुर केसीले समलिंगी तेश्रोलिंगीलाई अधिकार विहिन बनाउन नहुने बताए । उनले अधिकार विहिनलाई अधिकार सम्पन्न गराउन संविधान सभा गठन भएकाले समलिंगी तेश्रोलिंगीले अधिकार लेखिदैन भनेर शंका गर्न नहुने बताए । बटुको मात्रै भएर हुँदैन, बटुकामा दुध हुनु पर्छ केसीले भने ः अधिकार विहिनको अधिकार लेख्न संविधान सभा गठन भएको हो । राप्रपाका विक्रम पाण्डेले समलिंगी तेश्रोलिंगी माथि भइरहेको विभेद अन्त्य गर्ने कानुन बनाउनु पर्नेमा जोड दिए । यस्तै राप्रपा नेपालका भक्तवहादुर खपाङ्गी विश्वकर्माले समलिंगी तेश्रोलिंगी नौलो नभएको बताउँदै अधिकार लेख्न पहल गर्ने बताए ।

समलिंगीको अधिकार विश्वका थोरै देशमा मात्रै लेखिएको बताउँदै नेपालको संविधानमा लेखाउन आफूले पहल गर्ने खपाङ्गीको भनाई छ । पार्टीमा पनि यो विषयबारे कुरा उठाउछु खपाङ्गीले भने ः संविधानमा लेखाउन म बाट कुनै कन्जुस्याई हुनेछैन । मधेशी जनअधिकार फोरम गणतान्त्रिककी सरिता यादवले अधिकार विहिनको अधिकार लेख्न आफू संविधान सभामा आएको बताइन ।20140122_153803

राष्ट्रिय मधेश समावेशीका दीनेशप्रसाद शाहले अल्पसंख्यक, पीछडिएको बर्गको अधिकार संविधानमा लेख्ने प्रतिवद्धता जनाए ।  नेपाली काँग्रेसकी मधु शाहीले पार्टीले लिएको नीति अनुसार समलिंगी तेश्रोलिंगीको अधिकार संविधानमा लेख्ने बताइन । पहिलो संविधान सभामा समलिंगी तेश्रोलिंगीको नेतृत्व सुनिलवावु पन्तले गरेपनि दोश्रो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व भएको छैन । समलिंगी तेश्रोलिंगीले सरकारबाट मनोनित हुने २६ जनामा कम्तीमा एक जना मात्रै भएपनि समलिंगी तेश्रोलिंगीलाई मनोनित गर्न दवाव दिदै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.