निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेश्रोलिंगी मैत्री शौचालय निर्माण विना खुल्ला दिशा मुक्त क्षेत्र घोषणा नहुने

तेश्रोलिंगी मैत्री शौचालय निर्माण विना खुल्ला दिशा मुक्त क्षेत्र घोषणा नहुने

555
SHARES

इन्दिरा न्यौपाने /मकवानपुर (पहिचान) फागन ७- महिला जस्तै देखिने पुरुष, पुरुष जस्तै देखिने महिला, जो आफुलाइ फरक ठान्छन् । समाजमा यस्ता पनि व्याक्तिहरु छन् । जो जन्मदा बालकको रुपमा जन्मे पनि पछि हुर्कदै जाने क्रममा आफुलाई बालिका अथवा महिलाको रुपमा प्रस्तुत गरेका त्यस्तै बालिकाको रुपमा जन्मे पनि पछि आफुलाई बालक वा पुरुषको रुपमा प्रस्तुत गरेको यस्तो व्यक्तिहरुलाई जो जे रुपमा प्रस्तुत छन् । उनीहरुलाई त्यही पहिचान स्वरुपको महिला देखिए महिला तस्रोलिंगि र पुरुष जस्तो देखिए पुरुष तेस्रोलिंगि भनेर चिनिएको छ । साथै नेपाल सरकारले यस्तो व्यक्तिलाई “अन्य” भनेर पनि नागरिकता प्रदान गरिसकेको छ । कतिपय बैंकहरुमा पनि महिला, पुरुष, अन्य भनेर कोलम राखेको पाउछौं साथै गुगलले पनि आफ्नो gmail accout मा male, Female, Others भनेर खुलाइ दिएको छ ।
विकासको क्रम सगै अधिकारको विषयलाई लिएर जति उदारता र स्थान दिदै गए पनि यसै समुदायका लागि हुनुपर्ने अति आवश्यक सार्वजनिक सौचालय भएको ठाँउमा तेस्रो लिंगीको लागि लक्षित गरि सौचालय नबनाउदा धेरै ठाउका तस्रोलिंगिले जस्तै मकवानपुर जिल्लामा खुलेर आएका तेस्रोलिंगीले पनि निकै ठुलो समस्या खेप्नुपरेको छ । जुन नेपालगंज लागायत केही जिल्लामा तेस्रोलिंगीको लागि भनेर सौचालय नबनाएको पनि होइन । त्यस्तै मकवानपुर जिल्लाका प्रमुख ठाउँमा बन्ने गरेको सार्वजनिक सौचालयमा तेस्रोलिंगीका लागि पनि छुट्टै शौचालय निर्माण गरिदिन रहेको तेस्रोलिंगी जुली चेपाङको माग छ ।
मकवानपुरको हुप्रा चौरमा सम्पन्न राष्ट्रिय औद्योगिक मेलामा आफु शौचालयको प्रयोग गर्नबाट बन्चित रहेको चेपाङको गुनासो छ । साथै अर्का महिला तेस्रोलिंगी साथीले महिलाको शौचालय प्रयोग गर्दा गाली बेइजती खेप्नुपरेको गुनासो अधिकांश तेस्रोलिंगीको छ । जन्मदा छोरीको रुपमा जन्मे पनि पुरुषको गेटअपमा हिड्ने यस्तो व्यक्तिलाई महिलाको शौचालय प्रयोग गर्न जादा अरु महिलाले पुरुष नै देखिने हुनाले अप्ठ्यारो भोग्नु परेको हुन्छ । त्यस्तै जन्मदा छोरा नै जन्मिए पनि पछि छोरीको रुपमा उत्रिसकेपछि महिला पुरुष दुबैको सौचालय प्रयोग गर्न असहज हुने गरेको यथार्थ छ ।
तसर्थ सम्बन्धित निकायहरुले सार्वजनिक शौचालयको योजना बनाउदा तेस्रोलिंगी समुदायलाई लक्षित गरि शौचालय बलाउनु निकै आवश्यक छ । अझै कानुनी रुपबाटै अन्य बाटै नागरिकता प्रदान गरिसकेका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीलाई मकवानपुर जिल्लामा झन यो गुनासो गम्भिर रुपमै सोचेर व्यवहारत कार्यान्वयनमा ल्याउनु आवश्यक छ । यदि तेस्रोलिंगी वर्गले सार्वजनिक शौचालय प्रयोगमा सहजता नपाउने हो भने मकवानपुर जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नुले मात्रै सार्थकता नपाउन सक्छ ।

समाचार शेयर गर्नुहोस्
555
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.