निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेश्रोलिंगीको मानवअधिकारको अवस्थाबारे बुझेर सहयोग गर्न अन्तराष्ट्रिय दातृ निकायलाई पन्तको आग्रह

समलिंगी तेश्रोलिंगीको मानवअधिकारको अवस्थाबारे बुझेर सहयोग गर्न अन्तराष्ट्रिय दातृ निकायलाई पन्तको आग्रह

537
SHARES

काठमाडौ (पहिचान ) फागुन १४ – समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तले समलिंगी तेश्रोलिंगीको मानवअधिकारको अवस्थाबारे बुझेर सहयोग गर्न अन्तराष्ट्रिय दातृ निकायलाई आग्रह गरेका छन् ।  विश्वका बिभिन्न नेताहरुलाई खुल्ला पत्र लेखेर पूर्व सभासद पन्तले कुनै देशका यौनिक तथा लैगिंक अल्पसंख्यकलाई सहयोग उपलब्ध गराउनुअघि त्यहाँ उनीहरुको मानवअधिकारको अवस्था बुझ्न दातृ निकायको ध्यानाकर्षण गराएका हुन् ।
समलिंगी तेश्रोलिंगीको मानवअधिकार हनन गर्ने देशले सहयोग रकम पाइरहेको तर्फ पन्तले विश्वका नेताको ध्यानाकर्षण गराए । सामान्य मानवअधिकारबाट बञ्चित हुनुपर्ने र जीवनयापन गर्न दातृ निकायले उपलव्ध गराउने सहयोग समेत समलिंगी तेश्रोलिंगीले नपाउँदा धेरै देशका समलिंगी तेश्रोलिंगी दोहोरो मारमा परेको पन्तले विश्वका नेतालाई लेखेको पत्रमा उल्लेख छ ।
समलिंगी तेश्रोलिंगीका लागि दातृ निकायले गर्ने सहयोगबाट उनीहरु बन्चित हुनुपरेको भन्दै यसतर्फ सचेत हुन पन्तले आग्रह गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई धेरै राष्ट्रले स्वीकार नगरेको साथै यसतर्फ दातृ निकायको समेत ध्यान जान नसक्दा उनीहरु दोहोरो मारमा परेको पन्तको भनाई छ ।
अरु देशको तुलनामा नेपालमा समलिंगी तेश्रोलिंगी माथि हुने विभेद केही कम भएपनि अझै राजनीतिक, समाजिक, आर्थिक अधिकारमा समलिंगी तेश्रोलिंगीको समान पहुँच पुग्न नसकेको पन्तले पत्र लेखेर विश्वका नेताको ध्यानाकर्षण गराएका छन् । समलिंगी तेश्रोलिंगीलाई विभेद गर्ने देशका सरकार प्रमुखको ध्यानाकर्षण गराउँदै अरु क्षेत्र जस्तै यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारका लागि दातृ निकायले सहयोग गर्नुपर्नेमा पन्तले जोड दिएका छन् । पन्त नेपालमा समलिंगी तेश्रोलिंगीको अधिकारका लागि स्थापित नील हिरा समाजका संस्थापक अध्यक्ष हुनु ।
विश्वका ८३ देशमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यवहारलाई अपराधको रुपमा लिइन्छ भने ७ वटा देशमा समलिंगी सम्बन्ध राखेको पाइए मृत्युदण्डको सजायँ दिने व्यवस्था छ ।
नेपालमा सर्वोच्च अदालतले २०६४ पुष ६ गते समलिंगी तेश्रोलिंगी प्राकृतिक हुन भन्दै पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिइसकेको छ । यस्तै समलिंगी विवाहलाई मान्यता दिने नदिने विषयमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गर्न सर्वोच्चले दिएको आदेश अनुसार समितिले समलिंगी विवाहबारेको अध्ययन प्रतिवेदन तयार गरिरहेको छ ।
सर्वोच्चको आदेशपछि कास्कीका विष्णु अधिकारी, बाँकेका चन्दा मुसलमान र म्याग्दीबाट दिलु बुर्दुजाले तेश्रोलिंगी उल्लेख गरेर पहिचान अनुसारको नागरिकता लिइसकेका छन् । यस्तै २०६९ पुष १६ गते गृहमन्त्रालयले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरिसकेको छ । गृहको परिपत्रपछि केही जिल्ला प्रशासन कार्यालय बाहेक धेरैले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता जारी गर्न थालेका छन् ।

समाचार शेयर गर्नुहोस्
537
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.