समलिंगी तेश्रोलिंगीलाई दया र घृणा होइन, माया र स्नेहको भावनाले हेरौ

समलिंगी तेश्रोलिंगीलाई दया र घृणा होइन, माया र स्नेहको भावनाले हेरौ

  • शनिबार, चैत्र १ २०७०

काभ्रे (पहिचान) चैत्र १ -जन्मदा महिला र पुरुषको दुवै यौन अंग लिएर जन्मेको एउटा बच्चा कक्षा ५ सम्मको पढाई नसक्दै बसको सहचालक (खलासी) भएका छन् । हाउ भाउ त पुरुषकै छ तर यौन अंग दुवै भएको सबैले थाहा पाएकाले उसले पढाई छाड्यो । हामीले त पढ्नलाइै प्रेरित गर्यौ तर उसले मानेन र अहिले उ बसको सहचालक (खलासी) बनेको छ । काभ्रे बल्थलीकी एक शिक्षिकाले आफ्नो विद्यालयका एक विद्यार्थी खलासी भएको सुनाइरहँदा तेश्रोलिंगी विष्णु अधिकारीले कोही आफ्नै कारण, कोही अभिभावकका कारण त कोही शिक्षक शिक्षिका र विद्यार्थीका कारण बिचमा पढाइ छोड्नु परेको बताए ।
नील हिरा समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको शिक्षिक शिक्षिकालाई समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउने प्रशिक्षण प्रशिक्षक कार्यक्रममा शिक्षिका र तेश्रोलिंगीबीच भएको अन्तरक्रियाको यो एउटा अंश मात्रै हो । समलिंगी तेश्रोलिंगीबारेको जनचेतना ग्रामिण स्तरसम्म पुर्याउनु पर्ने देखि समलिंगी तेश्रोलिंगीका लागि छुट्टै विद्यालय एवं विश्वविद्यालय स्थापना गर्नु पर्ने सम्मका विषय उठान भए ।
विश्व बैंकको सहयोगमा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाले राखेका जिज्ञासा नील हिरा समाजका प्रमूख प्रशासक तथा कार्यक्रम संंयोजक परसु राई, वित्त प्रमूख विष्णुराज पन्त, अधिवक्ता सुजन पन्त र तेश्रोलिंगी विष्णु अधिकारीले पालैपालो दिएका थिए । समलिंगी तेश्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, समाजले अहिले पनि घृणा गर्छ तेश्रोलिंगी विष्णु अधिकारी भन्दै थिए, कमसे कम शिक्षक शिक्षिकाले त मानवोचित व्यवहार गरिदिउन । जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुबाट अपहेलित हुनुपर्ने अवस्थामा रहेका र आयआर्जनका लागि यौन पेशा अपनाउन बाध्य भएका समलिंगी तेश्रोलिंगीलाई शिक्षा पाउने अधिकारबाट बञ्चित गर्न नहुने प्रमूख प्रशासक परसु राईले बताए ।
अधिवक्ता सुजन पन्तले ५० प्रतिशत भन्दा धेरै जनसंख्या भएका महिला अधिकार प्राप्तीका लागि सघर्ष गरिरहनु परेको अवस्थामा अल्पसंख्यक भित्र पनि अल्पसंख्यक रहेका समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान एक्लो प्रयासले सम्भव नहुने बताए । अरु देशको तुलनामा नेपालमा कानुनी अधिकार प्राप्त भएपनि कार्यान्वयन तह फितलो हुँदा समलिंगी तेश्रोलिंगी माथि समान व्यवहार हुन नसकेको पन्तको भनाई छ । नील हिरा समाजका वित्त प्रमूख विष्णुराज पन्तले समाजको दृष्टिकोण बदल्ने मुख्य भूमिका शिक्षक शिक्षिकाको हुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । ???????????????????????????????
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी काठमाडौं र काभ्रेका ३५ जना शिक्षक शिक्षिकाले आफ्नो विद्यालय तथा क्याम्पसलाई समलिंगी तेश्रोलिंगी मैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । विश्व प्र्रख्यात नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेका समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तलाई सहभागीले बधाई एवं शुभकामना दिए । पन्त नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु नेपाल र नेपालीकै लागि गौरवको विषय भएको सहभागीको भनाई थियो ।
शिक्षक शिक्षिकाले कानुनी लडाईसँगै सामाजिक धारणा परिवर्तन गर्न जनस्तरमै गएर चेतनामुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिए । समलिंगी तेश्रोलिंगीको तथ्याङक पहिचान गर्न विद्यालयमा आकर्षक छात्रवृत्तिको व्यवस्था गर्र्नुपर्ने सुझाव सहभागी शिक्षक शिक्षिकाको छ । समाजले तेश्रोलिंगीलाई हेर्ने दृष्टिकोणका सम्वन्धमा सर्वेक्षण गरी त्यही अनुसारको कार्ययोजना बनाउनु पर्ने, समाज वा विद्यालयमा देखिएका सम्वन्धित व्यक्तीहरुलाई नील हिरा समाजको सम्पर्कमा ल्याउने वातावरण सिर्जना गराउने प्रतिवद्धता शिक्षक शिक्षिकाले जनाए । शिक्षक शिक्षिकाले समलिंगी तेश्रोलिंगीको तथ्याङक संकलन गर्नु पर्ने, पठनपाठनमा सहज वातावरण सिर्जना गर्ने, नीति नियममा समेत यसको प्रष्ट रुपमा उल्लेख गर्न दवाव दिने, भौतिक सेवा सुविधामा सहजीकरण गर्ने, दया, घृणा होइन, माया र स्नेहको भावनाले हेर्ने र यसलाई पूर्वजन्मको पापको रुपमा नलिई प्राकृतिक जन्मको रुपमा लिनुपर्ने सुझाव दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading