समलैंगिकता र हिन्दु धर्म ः गुरु श्री श्री रवि शंकरको राय

समलैंगिकता र हिन्दु धर्म ः गुरु श्री श्री रवि शंकरको राय

काठमाडौं (पहिचान) चैत ९- हिंदू धर्म अनुसार प्रकृतिको परिभाषा अंग्रेजी शव्द ‘नेचर’ सँग बिल्कुल पनि सम्बंधित छैन । प्रकृति एउटा सिध्दान्त हो – कार्य, ऊर्जा र गतिशील द्रव्यहरुवीच अन्तरकृयाको । पुरुष र प्रकृती यो हर जीवमात्रको दुई आयाम (डाइमेंशंस) हो । हिन्दू देव देविहरु अनेक रूप (मानव, पशु, चट्टान, नदी, इत्यादि) धारण गर्ने गर्छन । यस तथ्यवाट यो सूचित हुन्छ कि सबैकुरा, जो अस्तित्वमा छ, त्यसको दिव्यताको (ब्रह्मको, आत्माको) प्रकट रूप मात्र हो । यसैले गीतामा भगवान श्रीकृष्ण स्वयंलाई हरेक जीव र कार्यको उच्चतम स्वरूप (चाहे त्यो यक्षगण हुन, सर्पगण या ग्रहगण या मानवगण) भन्नु हुन्छ ।

श्री कृष्ण त भन्नू हुन्छ, “छल गरनेहरुमा म जुआ हुं” , हात्तिमा एरावत, बृक्षमा पिपल र पर्वतमा हिमालय । रामायणको अंतमा त रावण उड़ेर रामको मुखमा प्रवेश गर्दछन । अतः हिन्दु धर्ममा असुरहरुलाई सदाका लागि नरकवास हुंदैन, नत देवताहरुलाई सदाका लागि स्वर्गवास नै पूर्वजन्मको कर्म अनुसार आआफ्नो लोक, आयु र प्रकृतिको निर्माण हुन्छ । यदि पृथ्वीमा रहेका हर चीजÞ प्रकृतिका भाग हुन, भने कुनै पनि चिज अप्राकृतिक कसरी हुन सक्छ ? श्री श्री रवि शंकर भन्छन, कि हर जीवमा पुरुष र महिला, यी दुवै तत्व, रहेको हुन्छ ।

कहिले एक हावी हुन्छ, त कहिले अर्को । उनको मत हिन्दू मतको (जेंडर)को परिकल्पना अनुसार छ । जेंडर एक निश्चित र अचल चीजÞ होइन । यो एक जन्मवाट अर्को जन्मसम्म पुग्दा बदलिन सक्छ । एकै जीवन कालमा पनि हर जीव भित्रं पुरुष र प्रकृति (स्त्रीशक्ति) यी दुवै तत्व समाहित हुन्छन । जसरि हर देवी देवताको स्तुति माता, पिता र अपार ब्रह्म अर्थात पुलिंग, स्त्रीलिंग र लिंगपार रूपमा गर्ने गरिन्छ, त्यसरिनै सवै प्राणिहरुमा पुरुष र स्त्रीत्व यी दुवै प्रवृत्तिहरु हुन्छ । उमेर, संदर्भ, भाव र जिन्दगीको उद्धेश्य अनुसार यी प्रवृत्तिहरुको प्रभाव र उनीहरुको अभिव्यक्ति बदलिन्छ । कामशास्त्र पनि एक धर्मशास्त्र हो, किनकि काम जीवनको चार लक्ष्यहरु मध्ये एक हो ।

वात्स्यायनको काम शास्त्रमा पुरुषको चाहना गर्ने पुरुषलाई “तृतीय प्रकृति” नाम दिइएको छ ।  उसको जैविक लिंग पुलिंगि छ, तर उसको प्रकृति तृतीय प्रकृतिको छ । यो प्रकृतिको भाग हो । तृतीय प्रकृतिलाई लिए्र कामशास्त्रमा एउटा पुरै अध्याय छ, जसमा मुख मैथुनको विस्तारमा वर्णन गरिएको छ । यसलाई कहीं पनि अप्राकृतिक भनिएको छैन । कामशास्त्र अनुसार यो (मुख मैथुन) पुरुष स्त्री, पुरुष पुरुष र स्त्री स्त्रीको बीच यौन संबन्धमा हुने प्रचलित तरीका हो ।
एक प्रश्नमा श्री श्री रविशंकरले समलिंगी तेश्रोलिंगीलाई सताउने एक्लोपनकोबारेमा भनेका छन्  “प्रेम स्त्री पुरुषवीचको भेदवाट निकै माथी छ । प्रेम लिंग भन्दा पर छ । आकर्षण त प्रेमको केवल प्रतिबिम्ब मात्र हो, उस्को छाया हो । प्रेम त दिव्य छ” । यसपछि कुरा गर्दै उनले यो सल्लाह दिएका छन्, “हामी भावनाहरुलाई मनमा स्वतन्त्र रुपमा आउन दिनु पर्दछ  र जान दिनु पर्छ । उनीहरुलाई रोक्नु हुदैन, न उनीहरुको बढ़ावा नै गर्ने हो । लगातार आत्मासंग जोडिइराख्नु पर्छ । आत्मा आनंद र प्रेमवाट ओत प्रोत छ, एक्लोपना माथी आत्मामा लिन भएर कÞाबू पाउन सकिन्छ । अन्यथा साथी र संबन्धि भए पनि हामी एक्लोपनाको शिकार भई रहन सक्छौं ।”
श्री श्रीले हर प्रकारको चाहनाहरु (आकार्षण) एक समान मानेका छन । परिणामतः यो संभव छ कि ्ुकोही पनि कुनै पनि प्रकारको इच्छा चाहना अनुभव गर्न सक्छ । इच्छालाई मुद्दा बनाउनुको सट्टा उसको क्षणिक स्वभावलाई बुझ्नु पर्दछ । विचार गर्नु पर्ने कुरा यो छ कि एक्लोपन समलैंगिक इच्छाको नतिजा मान्नु हुंदैन । सबैलाई एक्लोपन महसूस हुन्छ । स्वामी बोधानंद सरस्वतीले २००४ मा यही कुरा इंगित गर्दै भनेका थिए ः कुनै पनि संबन्धमा यी समस्याहरुको सामना गर्नु पर्छ, चाहें त्यो सम्वन्ध विपरितलिंगी होस या समलिंगी ।
हिन्दू दर्शनमा धर्म सामाजिक पनि हो र व्यक्तिगत पनि । निजी धर्म कुनै पनि व्यक्तिको आफ्ना सवै प्रवृत्तिहरु हुन, जो पूर्व जन्मको कर्महरु र लगावहरुको परिणाम हो । यसमा लैंगिक (समलैंगिक वा विपरितलैंगिक) प्रवृत्तिहरु पनि सम्मिलित छन । यी भावनाहरुलाई दबाउनु या उसको “उपचार” गर्नु (जस्तै बाबा रामदेवको दावा छ)  धर्मको दार्शनिक बुझाईको विरुद्ध छ । अर्को तर्फ, सामाजिक धर्मको व्याख्या बदली रहन्छ ।

यो बदलाव अक्सर व्यक्तिगत धर्मसंग आमने सामने टकराववाट हुन्छ । भिन्न समुदायका मानिसवीच प्रेम संबन्ध बस्यो भने र अन्तरजातिय विवाह भयो भने,  हिन्दु दर्शन अनुसार त्यो  प्रेम संबन्ध उनीहरुको पूर्वजन्मको  प्रेम संबन्धको नतीजा मान्ने गरिन्छ । तब सामाजिक धर्मलाई छोडेर व्यक्तिगत धर्मको लागि स्थान बनाउनु पर्दछ, आज नेपालमा अन्तरजातिय विवाहले कानुनी मान्यता समेत पाई सकेको छ ।

 यो लिंकमा हेर्नुहोस ः

https://www.youtube.com/watch?v=oVLrPRLmz3U

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.