निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसँग माग

समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसँग माग

452
SHARES

अम्विका दाहाल/काठमाडौं (पहिचान) जेठ १ -नील हिरा समाजले समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । काठमाण्डुमा पत्रकार सम्मेलन गरेर समाजले समलिंगी तेश्रोलिंगी घृणा विरुद्धको दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिन माग गरेको हो । १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलिंगी तेश्रोलिंगी हुनु मानसिक रोग नभएको घोषणा गरेको थियो । संगठनले १९९० भन्दा अगाडि समलिंगी तेश्रोलिंगी हुनुलाई मानसिक रोगको सूचिमा राखेको थियो ।
विश्व स्वास्थ्य संगठनको घोषणा पछि नेपाल सहित विभिन्न देशले अन्तराष्ट्रिय आन्दोलनमा सहभागी हुनका लागि सन् २००६ मे १७ मा समलैगिंक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै आएका छन् । यो दिवसलाई यूरोपका स्पेन, वेल्जियम, बेलायत, मेक्सिको, कोस्टारिका, नेदरल्यान्ड, फ्रान्स, लक्जम्बर्ग, ब्राजिल लगायतका मुलुकका संसदबाट आधिकारीक मान्यता प्रदान गरिएको छ । LGBTI 3
पत्रकार सम्मेलनमा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेश्रोलिंगी माथि हुँदै आएको विभेद अन्त्य गर्न हरेक बर्ष दिवस मनाउँदै आएको जानकारी दिइन । घर, परिवार, समाज र राज्यले समान व्यवहार नगरेका कारण हेर्ने दृष्टिकोण अझै संकुचित छ ढकालले भनिन, सदियौ देखि भोग्दै आएको विभेद अन्त्य गर्न पत्रकार जगतले कलम चलाएर सहयोग गरिदिनु पर्र्यो । ढकालले अधिकार प्राप्तीको अभियानलाई सार्थक बनाउन र आफूहरुको अस्तित्व प्रमाणित गर्न समलिंगी तेश्रोलिंगीको घृणा विरुद्धको दिवस मनाउने गरिएको जानकारी दिइन । उनले दिवसका अवसरमा भोली शुक्रबार वेलायती दूतावासमा झण्डोत्तलन हुने र दिउँसो १ बजे राष्ट्रिय नाँचघरमा नाटक मञ्चन गरिने जानकारी पनि दिइन ।
समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले अधिकार प्राप्तीको अभियानमा नेपाल दक्षिण एसियामै अगाडि रहेको बताइन । तर संविधानसभामा आफ्नो समूदायको प्रतिधित्व नगराएकाले अधिकार प्राप्तीको अभियानमा चुनौती थपिएको श्रेष्ठको भनाई छ । १४ बर्षदेखिको अभियान यहाँ सम्म त आयो श्रेष्ठले भनिन, संविधानसभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नहुँदा १४ बर्षको अभियानमा धक्का लाग्ने हो कि भन्ने शंका छ । ???????????????????????????????
अघिल्लो संविधानसभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेपनि अहिलेको संविधानसभामा एक जनाको पनि प्रतिधित्व नहुनु दुखद भएको श्रेष्ठले बताइन । उनले दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा कम्तीमा एक जना समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन दलहरुलाई आग्रह गरिन । सबै मानव समान हुन भने पनि समलिंगी तेश्रोलिंगीलाई अझै पनि घृणाको पात्र बनाएर विभेद भइरहेको श्रेष्ठको भनाई छ । केही व्यक्तिमा रहेको निरंकुश सोचका कारण अधिकार प्राप्तीको अभियानमा चुनौती थपिएको श्रेष्ठले बताइन ।
अधिवक्ता सुजन पन्तले समलिंगी विवाह बारेको प्रतिवेदन छिट्टै सार्वजनिक हुनुपर्ने माग गरे । पन्तले समलिंगी विवाहलाई मान्यता दिए नेपाल विश्वमा १६ औ राष्ट्र बन्ने बताए । अघिल्लो संविधानसभाको मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा विवाद रहित रुपमा लेखिएको यौनिक अभिमुखीकरण अहिलेको संविधानसभाले स्वीकारेर नयाँ संविधानमा लेखिए नेपाल छैटौ देश हुने बताए । अधिवक्ता पन्तले सर्वोच्च अदालतले २०६९ कार्तिक १९ गते उमेर पुगेका व्यक्ति इच्छा अनुसारसँगै बस्न पाउने फैसलाले समलिंगी विवाहलाई मान्यता दिने बाटो खुलाएपनि समलिंगी विवाहबारेको प्रतिवेदन नआउँदा केही अन्यौल देखिएको बताए । उनले प्रतिवेदन सकारात्मक आउने विश्वास व्यक्त गरे ।
समलिंगी पुरुष विश्वराज अधिकारीले पुरातनवादी सोचको कालो पर्दा च्यातिनु पर्ने बताए । अधिकारीले पुरातनवादी सोच अन्त्य गरेर समलिंगी तेश्रोलिंगीलाई पनि विकासको मुलधारमा ल्याउनु पर्ने बताए । लोप हुन लागेका जनावरलाई संरक्षणको व्यवस्था छ, मान्छेलाई छैन किन ? अधिकारीले भने, हामी समलिंगी तेश्रोलिंगीलाई जनावर भन्दा तल्लो स्तरको व्यवहार गर्दा मलाई धेरै दुख लागेको छ । तेश्रोलिंगी विष्णु अधिकारीले अधिकार विहिन बनाइरहने घर, परिवार, समाज र राज्यलाई खवरदारीका लागि सहयोग गर्न पत्रकारहरुलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्
452
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.