मेरो जिन्दगी प्रयोगशाला भइरहोस …

मेरो जिन्दगी प्रयोगशाला भइरहोस …

काभ्रे (पहिचान) बैशाख ११-कामना कोटीकोटी देवताको । भगवान छन र पो हाम्रो रक्षा गर्छन भन्ने मेरी हजुर आमा पवित्रा दुलालको नाम स्वर्गिय भएपछि मन्दिरमा गएर जपे । जिउँदै हुनु हुने बाबा आमाको नाम पनि लिए । यात्रा थियो सातदोवाटो देखि देउपुरसम्मको । खुशी मनबाट हराएको मेरी हजुर आमा स्वर्गिय भएदेखि नै हो ।

मन थिरमा छैन र त मलाई आफू जस्तै नदख्नेहरु यो या त्यो बाहनामा अनेकौ चालबाजी गर्छन । त्यसमा पनि म खुशी पटक्कै छैन । किनकी म मेरो कारणले म भएको होइन । मेरा बाबा र आमा अनि साथ दिदै आउनु हुने हजुरआमाको कारण म भएको छु । घुर्की धेरैलाई लगाए, त्यो भन्दा धेरैको घुर्की मात्रै होइन धम्की खाए तर पनि आत्तिएको छैन अनि मात्तिएको पनि छैन ।

रिसाउने हिम्मत सम्म छैन । किन कि म सबैलाई माया गर्छु जो प्राकृतिक छन् । आमाको कोखबाट जन्मेका सबै । मेरो छोरो गणेश र छोरी कुसुम । यि दुवै मेरो जीवनका उत्तराधिकारी हुन् । सकेनन् भने अर्को जन्म हुनेछ त्यो हो तेस्रोलिंगी । मलाई प्रयोग गरे अनि यति सम्म भन्यो भनेर नसोच्नु मेरो पनि त बाच्ने अधिकार छ । छैन भने भनिदिनु घरमा मेटासिट ल्याएर राखिदा समेत महिले न हरेस खाए न चरेस नै खाए । उनीहरुको जिन्दगीको लागि बाँचे र मिठो मसिनो खानलाई पैचौ माग्नु पर्दैन भने । के गल्ती भयो ? खुशी छैन तर लोकतन्त्रको बारेमा जति पनि टिका टिप्पणी भए त्यसमा मेरो केही छ र भन्छु ।
१. यो देशमा मुकेश कायस्थ जीवन मरणको दोशाधमा छन् उनलाई लोकतन्त्रले के दियो ?
२. जाजरकोटको स्थानीयमा भएको माहामारी र २३ बर्षिय स्वास्थ्यकर्मी युवकलाई भएको स्वाइन नामक औषधीले निको नहुने रोग लाग्यो । उनको उपचार शिक्षण अस्पतालमा बच्चाले ६ वटा सिटामोल खाएको त्यसको रक्त परीक्षण गर्न जाँदा बिदा भएको दिन हुँदैन भनेर आइतबार आउनु भन्ने उत्तर दिनेलाई र कान्ति बाल अस्पतालका डाक्टरले २४ घण्टा भित्र रिपोर्ट ल्याउनु नत्र जे पनि हुन्छ भन्नेलाई हो यो देशको लोकतन्त्र ?
३. उनैको अर्को प्रश्न डाक्टर गोविन्द केसी जो जाजरकोट पुगे के उनी मात्रै हुन शिक्षण अस्पतालका डाक्टर अनि कर्मचारी ?
४. १३ बर्ष कामना पाण्डे (गोविन्द पाण्डे सुर्खेत) उनका नातेदार रामप्रसाद गौतमलाई केशव कोइरालाले मेरो नम्वर दिए अनि भने माधब २४ घण्टाको समयसीमा दिएको रहेछ तर आज लोकतन्त्र दिवस अनि भोलि शनिवार रक्त परीक्षण नहुने हो ? म अनविज्ञ व्यक्ति म बुझेर खवर गर्छु भने तर कुराले चिउरा भिज्दैन भनेझै भयो । सबैको कुरा आफु भन्दा कोही छैन । सायद डाक्टर गोबिन्द केसीको अनसनले पनि यहि सिकाएको होला ।
५ अन्त्यमा कामना पाण्डेको मेरो सोर्स फोर्समा होइन उनीहरुको सम्पत्तिको आडमा नेशनल रिफ्रेन्स ल्याव्रोटरी बानेश्वरमा परीक्षण भएछ । आनन्द छैन ब्रमायणी मन्दिर पुगेर दुलाल बन्धुसँग वार्तालाप गरेर फर्केको व्यक्ति अनि पाँचखालमा नौ टाँका लगाउँदा समेत मिलामत्र गर्न दवाव दिने प्रहरीको अनुहार बस भित्रैबाट हेरेर काठमाण्डु छिरेको अबस्था । गल्ति गरेको भए माफ पाउँ । दुलाल बन्धुको क्यालेण्डर प्रकाशित भयो मित ज्यु माधव दुलाल र दीपक बोहोरा बन मन्त्री हुँदा देखि पत्रकारिता गर्ने दाई र दाईको साथीलाई धन्यवाद ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.