निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ATM सेवाको प्रवाहीकरणमा नील हिराको खवरदारी

ATM सेवाको प्रवाहीकरणमा नील हिराको खवरदारी

771
SHARES

सुरज थापा /पहिचान जेठ २१ -कसैले पैसालाई सबैभन्दा महत्वको विषय बनाउछन् त कसैले यसलाई सामान्य नै मान्छन् । तर दैनिक मानव जीवनमा यसको महत्व अत्यन्तै रहेको हुन्छ । पैसा मार्फत नै मानिसले आफुलाई चाहिने सेवा सुविधाको खरिद विक्रि गर्न सक्छ । मानिसका लागि यति धेरै महत्व राख्ने पैसाको व्यवस्थापनका लागि धेरै किसिमका वित्तीय संस्थाहरु खुलेका छन् ।

हाल नेपालमा हेर्ने हो भने व्यवसायिक प्रयोजनका दृष्टिले समेत यस्ता धेरै वित्तीय संस्थाहरु क्रियाशील रहेका छन् । पछिल्लो समय नयाँ नयाँ प्रविधी तथा शैलीहरुको विकास गरी आर्थिक कारोबारका लागी सेवा सञ्चालनमा बैंक अग्र स्थानमा नै आएको देखिन्छ । ग्रामिण स्तरमा समेत यसको पहुँच बढ्दै गएको छ । तर के यस्ता संस्थाले साच्चै सर्वसाधारणलाई सहि ढंगबाट सेवा सुविधा प्रवाह गरेका छन् त ?
यस्ता बैंकले विज्ञापन मार्फत कसरी ठगी गरिरहेका छन् भन्ने कुरा भर्खरै हेटौडामा घटेको एउटा घटनाले बताउछ ।

केही दिन अगाडी मकवानपूर हेटौडामा बस्ने तेस्रोलिङ्गी बर्षा मगरलाई अचानक पेटको समस्याको कारण स्थानीय क्षेत्रीय अस्पताल हेटौडा अस्पतालमा साथीहरुले लगे । अस्पतालको सेवाका लागी साथमा पैसा कसैले नबोकेका कारण ११ वजे राती हेटौडामा मगरका साथीहरुले ATM खोज्दै हिडे । तर हेटौडामा अवस्थित सबै ATM बन्द थिए । ATM अर्थात Any Time Money को मर्मलाई विज्ञापनमा उतारी चौविसै घण्टा सेवा प्रवाह गर्न नसकेपनि चौविसै घण्टा ATM सेवा उपलव्ध भनेर भ्रम फिजाउने केही बैंकहरुको यस्तो प्रवृतिका कारण वर्षा मगरले झण्डै आफ्नो ज्यान गुमाउनुपरेको थियो ।
सर्वसाधारणको सुविधाका लागि बैंकहरुले सस्तो विज्ञापन गरी चौविसै घण्टा ATM सुविधा दिने भनेर जनतालाई भ्रममा पार्ने यस्तो प्रचलनको अन्त्य गर्न नील हिरा समाज हेटौडा शाखा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई घटनाको जानकारी गराई ध्यानाकर्षण गराएको छ । समाजका कार्यक्रम संयोजक सुरज थापाले सर्वसाधारणले आपत परेका समय ATM सेवा पाउनका लागी ATM सेवा अवधि तोकिनुपर्ने अथवा उचित सुरक्षा व्यवस्था अपनाई पुर्ण सेवा दिएर ATM सेवा सुधार गरी कार्यान्वयन गराउनका लागी जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई आग्रह गर्दै जानकारी पत्र बुझाएका थिए ।

पत्र बुझेपछि स्थानिय निकाय द्धारा हेटौडाको ATM सेवा उपलब्ध बैंकहरु तथा वित्तिय संस्थाहरु संग सोधपुछ कार्य सुरु भएको छ । सर्वसाधरणलाई सेवा दिन्छौ भनी खोलिएका यस्ता संस्थाको गलत कार्य तथा प्रवृतिप्रति सम्बन्धित निकायलाई समयमै सर्वसाधरणले खवरदारी गर्ने हो भने समाजमा भ्रष्टाचार नियन्त्रण गर्न पक्कै संभव हुन्छ ।
प्रस्तुती ः गौरी नेपाली

समाचार शेयर गर्नुहोस्
771
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.